प्रदेश नम्बरको प्रमुखमा राजपाको विजयी सुरूवात

September 20, 2017

धनुषा । हंशपुर नगरपालिका प्रमुख र उपप्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले जीत हासिल गरेका छन्।  प्रमुखमा राजपाका प्रमुखका उम्मेदवार रामज्ञान मण्डल ३ हजार ३२० मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रदीप यादव हुन्। यादवले ३ हजार २२९ मत ल्याएर पराजित भएका हुन्। त्यस्तै उपप्रमुखमा राजपाकी उम्मेदवार रेणु झा विजयी भएकी छन्। झाले ३ हजार २७६ मत ल्याइन्। स्थानीय तह निर्वाचनको तेस्रो चरणमा असोज २ गते भएको प्रदेश नम्बर २ को यो पहिलो मत परिणाम हो।

सम्बन्धित समाचार