अमेरिकामा बुद्ध जयन्ती सप्ताहव्यापी रुपमा मनाउने तयारी गरिहेका छौं

May 18, 2017

राजकुमार विष्ट
संयोजक
बुद्ध जयन्ती आयोजक मुल समिति, न्युयोर्क

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म जयन्ती यसपटक मे १० तारिख परेको छ । यस अवसरमा विश्वभर बुद्ध जयन्ती व्यापाक रुपमा मनाउने तयारी भइरहेको छ । अमेरिकामा लामो समयदेखि विभिन्न हिमालयन बुद्धिस्ट समुदायहरुले आआफनै ढंगले विभिन्न स्थानमा बुद्ध जयन्ती मनाउदै आएका थिए । तर दुई वर्षअघिदेखि भने हिमाली क्षेत्रको सबै बुद्धिस्ट कम्युनिटीहरुको प्रतिनिधित्वमुलक संस्था हिमालयन बुद्धिस्ट कम्युनिटी अन्र्तगतका विभिन्न समुदायले पालैपालो एकै ठाउँमा संयुक्त रुपमा बुद्ध जयन्ती कार्यक्रम भव्यताका साथ मनाउदै आएका छन् । दुई वर्षअघि शेर्पा किदुगको संयोजन तथा ह्योल्मो सोसाइटीको सहसंयोजनमा आयोजना भएको बुद्ध जयन्ती गत वर्ष ह्योल्मो सोसाइटी अफ अमेरिकाको संयोजन तथा मुस्ताङ किदुग युएसएका सहसंयोजनमा भएको थियो । यसपटक मुस्ताङ किदुगको संयोजकत्व तथा ग्याल्सुम्दा सेवा समाज र मनाङको सहसंयोजनमा २५६१ आंै बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी भइरहेको छ । यसैसम्बन्धमा यसपटकको आयोजक मुल समितिका संयोजक मुस्ताङ किदुगका अध्यक्ष राजकुमार विष्टसँग गरिएको कुराकानीः
बुद्ध जयन्ती कार्यक्रमको उद्देश्यरु के के हुन ?
विश्व शान्तिको अग्रदुत भगवान बुद्धको जन्म दिनलाई नेपाल हुदै विदेशमा पनि व्यापक रुपमा मनाउनुको साथै बुद्धको शान्तिको सन्देशलाई धर्म गुरु ज्युहरुको प्रवचनको माध्यमबाट सबैमा ज्ञान दिलाउनु बुद्ध जयन्ती मनाउनुको मुख्य उद्देश्य हो । विश्व शान्तिको अग्रदुत गौतम बुद्ध कुनै धर्मको मात्र सीमित नभई नेपालको राष्ट्रिय विभुतिसमेत भएकोले विश्वमाझ उहाँले दिनुभएको सन्देशलाई आँगल्नुनै बुद्ध जयान्तीको उद्देश्य हो ।
के कस्ता कार्यक्रमहरु तय गरिएको छ ?
विगतको तुलनामा यसपटकको बुद्ध जयन्ती अलि फरक छ । यसपटक हामीले सप्ताहव्यापी रुपमै बुद्ध जयन्ती मनाउने कार्यक्रम तयारी गरिहेका छौ । बुद्ध जयन्ती १० तारिखको दिन परेकोले यस दिन हरेकले आआफनै घरघरमा वा गुम्बाहरुमा दिपप्रज्वलनका गरिने बुद्धको मन्त्रपाठ गरिने छ । तर विदेशको व्यस्तताको कारण न्युयोर्कमा भने सबैको सजिलोको लागि १३ तारिखको दिन बिहान १० बजे अधिकारको कार्यालयमा रक्तादान गरी १४ तारिखको दिन शेर्पा किदुगको गुम्बामा बुद्ध जयन्तीको विशेष कार्यक्रम गरिने भएको छ । शेर्पा किदुगको गुम्बामा हुने यसपटकको बुद्ध जयन्ती कार्यक्रम बिहानदेखिनै पूजापाठका साथ दिउँसो बालबालिकाका लागि प्रवचनका साथै धर्म गुरुहरुबाट बुद्धको सन्देशहरुको प्रवचन दिने भएको छ । त्यही दिन बिहानी पख बुद्धप्रतिमालाई बजार परिक्रमा गरिनुको साथै गुम्बाको बाहिर नेपाली नर्स एसोसियसनको पहलमा निःशुल्क स्वस्थ्य शिविर सञ्चालन हुने भएको छ । त्यस्तै २१ तारिख म्यानह्टनमा हुन लागेको नेपाल डे परेड पनि बुद्ध जयन्तीमय नै हुने छ । परेडको मुख्य ब्यानर बुद्ध जयन्तीलाइ नै केन्द्रित गरेर बनाएको छ ।
बुद्ध जयन्ती कार्यक्रममा ककसलाई निम्तो दिनु भएको छ ?
यसपटकको बुद्ध जयन्तीमा नेपाल सरकारको प्रतिनिधिहरुको साथै बौद्ध धर्मसँग सम्बन्धित विभिन्न मुलुकका बौद्ध प्रतिनिधिहरु तथा सबै बौद्ध सम्प्रदायका प्रतिनिधिहरुलाई आमन्त्रण गरिसकेका छौं । त्यस्तै न्युयोर्कमा रहेका सबै नेपाली समुदायहरु तथा संस्थाका प्रतिनिधिहरुलाई पनि निम्तो दिइसकेका छौं । न्युयोर्कबासी सवै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैलाई बुद्ध जयन्ती कार्यक्रममा उपस्थित भइदिन हुनका लागि अनुरोध पनि गर्दछु ।

सम्बन्धित समाचार