रामचन्द्र पाैडेलले भने-प्रधानमन्त्रीबाट नै सुशासनको सुरुवात हुन्छ, यसका लागि योग्य छु

November 6, 2017

कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुशासनको सुरूवात गर्न अाफु प्रधानमन्त्री बन्ने अवसर पाउनुपर्ने बताएका छन् ।

सोमबार चुनावी प्रचारप्रचारका क्रममा तनहुँको क्षेत्र नम्बर १ का जनतालाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्रीबाट नै सुशासनको सुरुवात गर्नुपर्ने भएकोले त्यसका लागि अाफु योग्य भएको दाबी गरे ।

“म देशलाई नयाँ युगमा लान चाहन्छु । यो अवसर मैले पाउनुपर्छ ।” पौडेलले दाबी गरे ।

नेता पौडेलले तनुहँ क्षेत्र नम्बर १ बाट जित्नु मात्रै प्रमुख कुरा नभएको भन्द देशकै नेतृत्व गर्नका लागि आफु अघि बढेको बताएका छन् ।

“नेपालको राजनीतिमा भएको विकृतिले गर्दा जनता निराश छ, त्यसैले अब राजनीतिलाई सम्मानित बनाउने मेरो अभियान हो ।” पौडेलको भनाई थियो ।

सम्बन्धित समाचार