स्वास्थ्य मन्त्री चौधरीको सम्पत्ति, १० तोला सुन, २० तोला चाँदी

May 18, 2017

स्वास्थ्य मन्त्री रामजनम चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको आफ्नो सम्पत्ति विवरणमा मन्त्री चौधरीको कैलाली जिल्लाको जोशीपुर गाविस–४ मा पुख्र्यौली घर रहेको उल्लेख गरेका छन् ।

यस्तै, उनको नाममा जोशीपुर– ४ मा पुख्र्यौली खेत रहेको छ भने काठमाडौंको धर्मस्थलीमा चार आना जग्गा रहेको छ । सम्पत्ति विवरणमा १० तोला सुन र २० तोला चाँदी रहेको पनि उल्लेख छ ।

मन्त्री चौधरीको एभरेस्ट बैंकलगायतका बैंकहरूमा करिब रु एकलाख ४० हजार नगद मौज्दात रहेको छ । उनले विभिन्न बैंकबाट १५ लाख ऋण लिएका छन् । छोरा मुकेश चौधरीको नाममा टाटा सुमो गोल्ड गाडी र एउटा मोटरसाइकल रहेको पनि आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार