एनअारएनएले मतदान गर्न पाउने, राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने राप्रपाको घोषणापत्र

November 7, 2017

काठमाडाैं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले अाफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार ललितपुरस्थित हिमालय होटलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको घोषणापत्रमा राजतन्त्र अावश्यक रहेको र हिन्दुराष्ट्र बनाउनु अाजको अावश्यकता रहेको दाबी गरिएको छ ।

अबको राजसंस्था परिवर्तनका पक्षधरहरुलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको साझा संस्था हुने भन्दै राजसंस्था सहितको लोकतन्त्रको अवधारणा त्यस्तो सम्झौताको सुत्र हुन सक्ने राप्रपाले बताएको छ ।

त्यसैगरी राप्रपाले नेपाल बन्द जस्ता कार्यक्रम नगर्ने वाचा गरेको छ ।

नागरिकता निरन्तरताको विषयमा संविधानमा समेत व्यवस्था भइसकेको अवस्थामा राप्रपाले विदेशमा रहेका नेपालीहरूलाइ समेत मतदान गर्न पाउने व्यवस्था गर्ने जनाएको छ ।

सम्बन्धित समाचार