राणाले अाफ्नो भनेका ११ नेता थापा पक्षमा रहेको दाबी

August 25, 2017

काठमाडाैं । राप्रपा प्रजातान्त्रिकले दल दर्ताका लागि निर्वाचन आयोगमा हस्ताक्षर बुझाएका दुई सांसदसहित ९ केन्द्रीय सदस्यले आफूहरु र २ सांसद कमल थापा अध्यक्ष रहेको राप्रपामै रहेको बताएका छन् ।

शुक्रबार राप्रपाले संसदीय दलको कार्यालय, सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद राजेश्वरीदेवी साह र लिलादेवी श्रेष्ठका साथै केन्द्रीय सदस्य प्रहृलादप्रसाद साह, विन्दा गिरी, सविना साह, रेणु साह, निरञ्जन थापा, दिलविकास राजभण्डारी र डा.भीमसेन गुरुङ उपस्थित भएर अाफुहरू राप्रपामै रहेको स्पष्ट पारे ।


यससँगै राप्रपा प्रजातान्त्रिकको पक्षमा दल बिभाजनका लागि आवश्यक केन्द्रीय कमिटीका ४० प्रतिशत नपुग्ने राप्रपाको दाबी छ ।

सम्बन्धित समाचार