राष्ट्रपतिमा विद्यासँग भोजपुरकै लक्ष्मी राई भिड्ने पक्का

March 7, 2018

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा पूर्व सांसद् कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाउने भएको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

११ बजे मनोनयन गर्ने पार्टी कार्यालय सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

वाम गठबन्धनले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको छ । राष्ट्रपति भण्डारी र राई दुबै भोजपुरका हुन् ।

सम्बन्धित समाचार