नर्सको डान्सिङ गीत युट्युबमा हिट बन्दै

July 14, 2017

काठमाडौँ । सङ्गीत सुन्नु, गुनगुनाउनु र कविता लेख्नु, रेणुका बाल्यकालीन दैनिकी हुन् । बाल्यकालदेखिनै प्यासले नर्सिङजस्तो ब्यस्त पेशामा रहँदारहँदै पनि रेणुले संगीतको संगत छाड्न सकिनन् । अन्तत, नर्सिङ पेसालाई थाँती राखेरै रेणुका यतिखेर सङ्गीत अध्ययन, गीत रेकर्डिङ र प्रवद्र्धनमा जुटेकी छन् ।

पेसाले नर्स तर बाल्यकालीन रुचिले गायिका बन्न पुगेकी रेणुका थापाले डान्सिङ प्याटर्नको क्लब सङ तिम्रो मायामा… को भिडियो युट्युवमार्फत् सार्वजनिक गरेकी छन् । प्रस्तुत गीत÷भिडियोमा शब्द÷सङ्गीत÷स्वर÷मोडलिङसमेत रेणुका थापाको छ । रेणुकालाई गौरवजङ्ग राणाले अभिनयमा साथ दिएका छन् । भिडियोमा गम्भीर विष्टको निर्देशन, पवन गौतमको छायाङ्कन र नविन निरौलाको सम्पादन रहेको छ ।

सम्बन्धित समाचार