रूचाइयो रेश्माको डम्फु र सेलो म्युजिक भिडियो

August 2, 2017

काठमाडौं । सिन्धुलीकी रेश्मा बम्जनले हालै सेलो गीत म्युजिक भिडियो डम्फु र सेलो बजारमा सार्वजनिक गरेकी छन् । पद्म कन्या क्याम्पसमा बि. म्युजिक गर्दै गरेकी गायिका बम्जनको यो गीत पहिलो गीति एल्बम ‘प्रथमा’ मा म्युजिक भिडियो समेटिएको  छ ।

एल्बम ‘प्रथमा’ पनि बजारमा ल्याउने अन्तिम तयारी भइरहेको रेश्माले जानकारी दिइन् ।

फूलकुमार बम्जनका शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सोनाम पाख्रिनले गरेका हुन्। भिडियोमा रोशन लामा तथा रोहिणीले अभिनय गरेका छन्। गायिका बम्जनले आफ्नो डेब्यु एल्बम ‘प्रथमा’ मा ६ गीत समावेश गर्ने बताएकी छन् ।

गायिका बम्जनले अहिलेसम्म होई च्याङबा, जन्ती लिएर, भुल भए देउ सजाय, च्याङबालाई देखेर लगायत थुप्रै गीतहरुमा स्वर दिएकी छन् । यसै गरी विभिन्न जिल्लामा आयोजित कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिदै आएकी छन् ।

सम्बन्धित समाचार