मेरील्यान्डमा एनपीपीए आयोजित तेस्रो युवा परिचालन र नेटवर्किङ कार्यक्रम हुँदै, ‘राईज अप’ बृत्तचित्र पनि प्रदर्शन गरिने

March 5, 2020

एभरेष्ट टाईम्स् /न्युयोर्क ।

लसएन्जल्स निवासी नेपाली युवा समूहले निर्माण गरेको “राईज अप“ नामक वृतचित्र यहि मार्च ७ तारिक मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसस्थित मेरिल्याण्ड हाउस अफिस बिल्डिङमा प्रदर्शनी हुने संचारकर्मी एवं वृत्तचित्रको कथावस्तु लेखिका डोल्मा लामाले बताएकी छिन् ।

लामाका अनुसार वासिङ्टन डिसी महानगर क्षेत्रमा लगभग तीन दशक पहिले स्थापित सामाजिक संस्था नेपा पास पुचः अमेरिकाय (एनपीपीए)ले आयोजना गरेको तेस्रो युवा परिचालन र नेटवर्किङ कार्यक्रममा वृतचित्र देखाउँने तय भएको हो ।

वृत्तचित्रलाई एस राज प्रोडक्सनका संचालक शंकर राज वाग्लेले निर्देशन गरेका छन् । वाग्ले र सन्जय कार्कीले संयुक्त छायाङ्कन गरेका बृत्तचित्रलाई शुस्मिक लामाले संयोजन गरेकी छिन् । शुस्मिक लामा बर्निन-२०२० फिल्ड अर्गानाइजर हन् । बृत्तचित्रमा वास्तविक जीवनमा ठाउँ ठाउँमा घटीरहेका महिला हिंसाका घटनालाई उजागर गरिएको निर्देशक वाग्लेले बताएका छन् । उनी बृत्तचित्र लिएर कार्यक्रमस्थल पुग्ने बताईएको छ ।

बृत्तचित्रमा सन्देश थापा र दिब्ना थापा प्रमुख पात्रको रुपमा रहेका छन् । सन्देश थापा युनिभर्सिटी अफ क्यालिफोर्निया, लसएन्जल्समा अभिनय कलामा अध्ययनरत छन् भने मोडलिङका प्रशिक्षार्थी समेत हुन् । नेपाली मुलकी दिब्ना थापाले क्यालिफोर्नियाको बेभर्ली हिल्स कलेजबाट अभिनयको २ बर्षे कोर्स पुरा गरेकी हुन् भने उनले केही विज्ञापनहरुमार्फत अाफ्नो अभिनय कला समेत देखाई सकेकी छिन् ।

यसै गरी पेन्सलभनिया निबासी क्रियाशील युवा साजन लामा, मिस नेपाल क्यालिफोर्नीया सेकेण्ड रनरअप अनिसा ओली, अशुतोष ओली, युवा ब्यबसायी श्याम सेढाई, सामाजिक अभियान्त टेक वाईबा लामा, सामाजिक कार्यकर्ता नुतन काफ्ले, सामाजिक अभियान्त विष्णु राउत, निरता कार्की र ईरानी कलाकार डोरीन टबिवियन समेत बृत्तचित्रमा देखिन्छन् ।

समाजमा ब्याप्त बिभिन्न बिकृतीमूलक घट्नाहरुलाई पर्दामा उतारेर सामाजिक संजाल मार्फ़त जनचेतना जगाउँने लक्ष्य बोकेको युवा समुहले अन्तराष्ट्रिय डायस्पोरामा घटिरहेको घटनाक्रम तथा विभिन्न हिसां, हत्या र सामाजिक विकृतिमूलक विषयवस्तु माथि जनचेतनामुलक भिडियोहरु निर्माण गर्दै आएको छ । समूहले अमेरिकामा बन्दुक हिंसाबाट आतंकित समुदायको कथावस्तु माथि गत बर्ष निर्माण गरेको भिडियोको चारै तिरबाट प्रशंसा पाएका थिए ।

तेस्रो युवा परिचालन तथा नेटवर्किङ कार्यक्रमको उद्देश्य अमेरिकामा नेपाली समुदाय भित्रका युवाहरुको सोंचलाई जोड्दै उनीहरुको व्यक्तित्व, कला तथा सीपको विकासमा सहयोग पुराउँने आयोजक एनपीपीएले जनाएको छ ।

सम्बन्धित समाचार