राष्ट्रिय जनता पार्टीद्वारा दोस्रो चरणको निर्वाचन बहिस्कार, एकहप्ते अान्दोलन घोषणा

May 26, 2017

काठमाडाैं । यथास्थितिमा निर्वाचनमा जान नसक्ने भन्दै राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले दोस्रो चरणको निर्वाचन पनि बहिस्कार गर्ने निर्णय गरेको छ ।

शुक्रबार राजधानीमा बसेको पार्टीको बैठकले स्थानीय तह बृद्धि सहमतिअनुसार नभएको भन्दै अान्दोलन गर्ने र निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको हो ।

यस्ता छन् अान्दोलनका कार्यक्रम

जेठ १३ गते- जिल्लाका सबै उ.म.नगरपालिका, नगरपालिका सदरमुकाममा मसाल जुलुस प्रदर्शन

जेठ  १४ गते- जिल्ला सदरमुकाम, नगरपालिका र गाउपालिकामा लाठी जुलुस प्रदर्शन

जेठ  १५ गते- विभिन्न संघ-संस्थाका प्रतिनिधि, उद्योगी-व्यापारी, बुद्धिजीवी, विभिन्न पेशाकर्मी, ​​​​​ पत्रकार, युवा, छात्र, मजदूर आदिको वृहत अन्तरक्रिया कार्यक्रम तथा साँझ गणतन्त्र दिवसको अवसरमा आन्दोलनका शहीदहरुको सम्झनामा सबै मुख्य चौक चौराहामा मैनबत्ती बालि श्रद्धान्जलि दिने

जेठ  १६ गते- जिल्लामा रहेका प्रत्येक नगरपालिका, गाऊंपालिकाको निर्वाचन कार्यालयमा तालाबन्दी र घेराव

जेठ १७ गते- सबै जिल्ला सदरमुकाम, नगरपालिका र प्रमुख हाटबाजारमा मसाल जुलुस प्रदर्शन

जेठ  १८ र १९ गते- मधेश-थरुहट-लिम्बुवान बन्द, आमहड़ताल/उमेदवारी प्रक्रीयालाई सक्रियताका साथ अवरोध गर्ने।

सम्बन्धित समाचार