न्युयोर्कमा रकमन्चमा धमाका हुने

July 4, 2017

न्युयोर्क । टेलिभिजनको पर्दामा ‘हाउफनी’ कार्यक्रमबाट निकै चर्चा कमाउन सफल कलाकार सन्दीप क्षेत्रीले जुलाईको १५ तारिख न्युयोर्कमा हुन लागेको रकमञ्च कार्यक्रममा सबैलाई मनोरञ्जन दिने भएका छन् । उनी पहिलोपटक न्युयोर्कमा कार्यक्रम प्रस्तुत गर्न आउदैछन् ।

कार्यक्रममा क्षेत्रीसँगै मिस टिन नेपालको सेकेन्ड फस्ट तथा चर्चित उद्घोषिका सम्बृद्धि राईले उद्घोषण गर्ने भएको छ भने नेपालको युवा पुस्तामाझ चर्चित सांगीतिक समूह ‘द एज’ ब्यान्डले प्रस्तुति दिने छ । न्युयोर्कमा विभिन्न इभेन्टहरु गर्दै आएको पिएनएम इन्टरटेन्टमेन्ट, लाइच आउट इन्टरटेनमेन्ट र लाछीन फाउन्डेसनले सन्दीप क्षेत्री, समृद्धि राई र एज ब्यान्डको साथमा यो कार्यक्रम आयोजना गर्न लागेको हो । यी आयोजक संस्थाहरुले यसअघि पनि विपुल क्षेत्री र प्रियंका कार्कीको कार्यक्रम गरेर उठेको रकम ७ हजार ६ सय डलर प्रबल गुरुङको शिक्षा फाउन्डेसनलाई सहयोग गरेका थिए ।

यसपटक मेलारोज बलरुममा हुन लागेको कार्यक्रममा आयोजकहरुले एक घण्टा कलाकारहरुसँग र फेसन डिजाइनरहरु भेटघाट गराउन भिआइपी टिकटको व्यवस्था गरेको जनाएको छ । बेलुकी ७ बजेदेखि बिहान ४ बजेसम्म हुने कार्यक्रममा बेलुकी ७ देखि ८ बजेसम्म भिआइपी टिकट लिनेले कलाकारसँग भेटघाट र त्यसपछि ८ बजेबाट कार्यक्रम सुरु हुने जनाएको छ ।

यसपटकको कार्यक्रमबाट बचेको रकम अधिकारलाई दिने आयोजकले जनाएको छ । कार्यक्रमको सुरुवातमा न्युयोर्ककै स्थानीय ब्यानड आंदेसाको प्रस्तुती रहने भएको छ । साथमा पहिलो महिला डिजे र अन्य दुई डिजे टेक्सासबाट आउने छन् । यो कार्यक्रमपछि आगामी सेप्टेम्बरको पहिलो हप्ता सविन राईको कार्यक्रमसमेत गर्ने योजना रहेको आयोजकले जनाए ।

सम्बन्धित समाचार