प्रधानमन्त्री रोजगार कार्यक्रम हास्यास्पद भएको मजदुर संघका अध्यक्षको आरोप        

February 15, 2019

काठमाडौं: नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले यातायात क्षेत्रमा कार्यरत हजारौं श्रमजीवीलाई बेरोजगार बनाई प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्नु आफैमा हास्यास्पद काम गरेको आरोप लगाएका छन् ।

भण्डारीले नेपाल यातायात व्यवसायी महासंघको राजधानीमा आयोजित  वार्षिक साधारण सभालाई सम्बोधन  गर्दै यस्तो आरोप लगाएका हुन् । उनले  भने – सरकारले सिन्डिकेट हटाउने नाममा सम्बन्धित सरोकारवालाहरु सँगको छलफल बिनै हचुवाको भरमा  संघ, समिती खारेज गर्नु दुर्भाग्यपूर्ण कदम भएको उल्लेख गर्दै त्यहाँ कार्यरत हजारौं श्रमजीवीहरुको रोजगारी खोस्ने अनि सस्तो लोकप्रियताको लागी प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्नु आफैमा अशोभनिय कदम तर्क गरे ।

त्यसैगरी व्यवसायीहरुको  आन्दोलनमा यातायात मजदुर संघले श्रमजीवीको रोजिरोटीका लागि ऎक्यबदता जनाएको उल्लेख गर्दै संघ समिति खारेजबाट बेरोजगार बनेका श्रमजीवीहरुको उचित व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गरे । साथै श्रमजीवीहरुको हक अधिकार स्थापित गर्न भावी दिनहरुमा समेत सशक्त ढंगले लागिरहने बताए ।

सम्बन्धित समाचार