रुम्जाटारमा साहित्यिक पत्रकारिताबारे विमर्श

March 19, 2018

अोखलढुंगा । प्रेस काउन्सिल नेपालले साहित्यिक पत्रकारिताको अवस्था बिषयक एकदिने विचार, विमर्श तथा ओखलढुंगा परिदर्शन कार्यक्रम शनिबार रुम्जाटारमा सम्पन्न गरेको छ ।

नेपाल पत्रकार महासंघ ओखलढुङ्गाको संयोजनमा भएको उक्त कार्यक्रममा गोरखापत्रमा कार्यरत नारदमणी गौतमले स्थानीयको हैसियतले एक कार्यपत्र प्रस्तुत गरिएको थियो । ओखलढुंगाकाको सन्त महागुरु ज्ञान दिलदास र सिद्दिचरण श्रेष्ठदेखि अहिलेसम्मकै साहित्यकार अनि पत्रकारिताको इतिहास र अवस्था बारेमा गौतमले आफ्नो कार्यपत्रमा प्रस्तुत गरेका हुन् ।

नेपाल साहित्यिक पत्रकार संघको पुर्वअध्यक्ष रोचक घिमिरेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा मधुपर्क मासिकका सम्पादक श्रीओम श्रेष्ठ र तुलसीहरी कोइरालाले टिप्पणी गरेका हुन् । काउन्सिलको बिधागत पत्रकारिता उपसमिति संयोजक चेतनाथ धमलाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि घिमिरेले साहित्यको उर्वर थलो ऐतिहासिक ओखलढुंगा परिदर्शनले साहित्यकाररपत्रकारको लागि थप उर्जा मिलेको बताए । यसैगरी अतिथि सौन्दर्यशास्त्री निनु चापागाईंले भानुभक्त भन्दा रुम्जाटरकै साहित्यकार सन्त ज्ञान दिलदास समाजको लागि अब्बल साहित्यिक एवं सामाजिक अभियन्ता भएको स्मरण गरे । राल्फाली समुहमा रहेर तत्कालीन समयमा जागरण गीत रुम्जाटारमा नै गाउने क्रममा पञ्चायतीहरुले लखेटिएका सम्झना पनि अतिथि चापागाईंले सुनाए ।

काउन्सिलका अधिकृत झविन्द्र भुषालले प्रष्ट्याइएको उक्त कार्यक्रममा अतिथिहरु क्रमशः नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं काउन्सिल सदस्य गोविन्द चौलागाईं, काउन्सिल सदस्य ईश्वरीप्रसाद ओझा, महासंघ शाखा अध्यक्ष शिवप्रसाद ढुङ्गाना, गजल सम्राट ज्ञानुवाकार पौडेल, नेपाल साहित्यिक पत्रकार संघका उपाध्यक्ष लक्ष्मी उप्रेती, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, सिद्दिचरण नगरपालिका उपमेयर इच्छाकुमारी गुरुङ,जयदेव भट्टरार्इ, पुर्व गाविस अध्यक्ष सिताराम गुरुङ, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा लगायतले आ आफ्नो मन्तव्य राखेका थिए । साहित्यिक पत्रकारिताको गोष्ठी लगत्तै स्थानीय र काठमाडौंबाट निम्त्याइएका कविहरुले आ आफ्नो रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरु क्रमशः कृतिका गुरुङ, अशोक सुवेदी, कृष्णाकुमारी गजमेर, बिष्णु भण्डारी, अञ्जु भुजेल, कला अनुरागी, दुर्गालक्ष्मी गुरुङ, ज्ञानुवाकर पौडेल , प्रतिष्ठा दाहाल , रामप्रसाद पन्त , उदयराज न्यौपाने, केदार थाक्ले, डा. बिएन मायालु , लक्ष्मी रुम्बा तामाङ, निर्भिक गुरुङ, नवराज पुडासैनी ज्योत्सना, दुर्गा सुब्बा, होमशंकर बाँस्तोला, विकास राई, प्रसिद्धा शर्मा, रोहित गुरुङ, माधवप्रसाद प्रसाद पोखरेल गोज्याङ्ग्रे, अशोक दाहाल,  कुशल अर्याल , निकिता दाहाल, अर्जुनबहादुर तामाङ, जयदेव भट्टराई, सुमन पुडासैनी, सिताराम गुरुङ, पदम राई, लक्ष्मी भट्टराई, त्रिपुरा पौडेल, चेतनाथ धमला र युवराज नयाँघरे रहेका थिए ।

 

सहभागीहरुलाई नगरप्रमुख मोहनकुमार श्रेष्ठले ऐतिहासिक ढुङ्गाको ओखल र सिद्दिचरण पार्क बारेमा भ्रमण गराएर व्याख्या गरेका थिए ।

सम्बन्धित समाचार