फिफा विश्वकप उदघाटन खेल : रसिया ५-० साउदी

June 14, 2018

फिफा विश्वकप २०१८ को उद्घाटन खेलमा रसिया विजयी भएको छ । साउदीलाई ५-० गोल गर्दै रसियाले विजयी शुरुवात गरेको हो ।

उद्घाटन समारोहमा करिब ५ सयको संख्यामा नर्तक, जिम्न्यास्ट र ट्राम्पोलिनिस्टहरुले विश्वलाई स्वागत गरेका थिए । उद्घाटन समारोहमा प्रदर्शन गर्नेहरुमा रुसी कलाकार आइडा गारिफुल्लिना, अंग्रेज कलाकार रब्बी विलियम्स, विल स्मिथ, निक ज्याम आदि रहेका छन्।

ब्राजिली स्टार रोनाल्डो पनि उद्घाटन समारोहमा सहभागी भए ।

सम्बन्धित समाचार