साहित्यसागर डटनेट लोकार्पण

September 6, 2019

गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को प्रथम अन्तरार्ष्ट्रिय भाषा तथा साहित्य सम्मेलनमा नेपाली भाषा र साहित्यसम्बन्धी विद्युतीय श्रोत केन्द्रको रुपमा साहित्यसागर डट नेट वेभसाइटको लोकार्पण भएको  छ । अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा वेभसाइटको लोकर्पण गरिएको हो ।

अध्ययन गर्ने विद्यार्थी र अनुसन्धाताकका लागि उपयोगी भनिएको वेभसाइटको नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति गंगाप्रसाद उप्रेती, काब्य विभागका प्रमुख डा हेमनाथ पौडेल, एनआरएनए  आईसिसि उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएनए आईसिसि अमेरिकाजका क्षेत्रीय संयोजक गौरी जोशी, एनआरएनए अतरराष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष तथा सोही संस्थाका नेपाली भाषा साहित्य उपसमितिका सल्लाहकार हिक्मत थापा तथा कार्यक्रमका सभापति तथा एनआरएनए आइसिसी भाषा साहित्य उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले संयुक्त रुपमा लोकार्पण गरे । साहित्यसागर एनआरएन आइसिसी नेपाली भाषा तथा साहित्य उप समितीका सदस्य  मणी नेपाली पनेरुले समितिको मार्ग दर्शन, प्रेरणा र सहयोगबाट आफ्नै खर्चमा स्थापित गरेका हुन् ।

वेभसाइटका संचालक नेपाली पनेरुले यसको उपदेयिताबारे कार्यक्रममा जानकारी दिए। वेभसाइटमा नेपाली भाषा, नेपाली साहित्य नेपाली सर्जकहरु तथा भाषा तथा साहित्य सम्बन्धी श्रोत सामाग्री तथा लिन्क राख्नुका साथसाथै नेपाली साहित्यसँग अन्योन्याश्रित सम्बन्ध भएको अङ्रेजी भाषा र हिन्दी भाषा साहित्यको  समेत  उपयोगी लिन्कहरु राखिएका छन् । त्यसैगरी वेभसाइटमा साहित्यिक गतिविधिका प्रतिवेदन तथा समाचारहरु, फोटो, भिडियो, वाल पृष्‍ठ, नारी पृष्‍ठ, व्यवशाय पृष्‍ठ, क्लासिफाइड पृष्‍ठ तथा ब्लगहरु रहने छन। सो वेव साइटले बर्ष भरी प्रकासित हुने वाल साहित्य का वाल लेखकहरु मध्य सर्वोत्क्रिष्ट वालकलाई पुरस्कृत गर्नेसमेत जनाएको छ । वेभसाइटमा प्रकाशित गर्ने, बालबालिकालगायत सम्पूर्ण विधाका लेखकहरुमा रचनाहरु पठाउन र नेपाली भाषा र साहित्य  सम्बन्धी  कुनै पनि गतिविधी वा युट्युब भिडियोका लिन्कहरु पनि पठाउन आव्हान गरिएको छ ।

प्रथम अन्तरराष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनमा एनअआरएनए आईसिसि र एनसिसि अमेरिका तथा क्यानडाका पदाधिकारीहरु र बिभिन्न देशहरुबाट कविहरु सहभागी थिए ।  पहिलो दिनको सभापतित्व एनआरएनए मासाच्युसेटसका अध्यक्ष प्रेम तामाङ र दोश्रो दिनको सभापतित्व नेपाली भाषा साहित्य उपसमितिकाका सँयोजक गोविन्दप्रसाद गौतमले गरेका थिए । दुबै दिनका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिस्ठानका कुल्पती उप्रेती थिए भने मुख्य कार्यक्रमका संचालन कार्यक्रमका प्रचार संयोजक तथा एनआर एनएएनसिसि युएसका उपाध्यक्ष सर्वज्ञ वाग्लेले गरेका थिए। औपचारिक कार्यक्रम २ दिन भए पनि कार्यक्रमको पूर्वसन्ध्यामा परिचय कार्यक्रम तथा रात्री भोज, साँस्क्रितिक  कार्यक्रम, र कार्यक्रमको भोलिपल्ट महत्वपूर्ण अतिथिहरुको लागि ऐतिहासिक बोस्टन शहरको दृष्‍यावलोकन गराइको थियो। कार्यक्रम न्युइङ्ल्यान्ड निवासी नेपालीहरुको अथक प्रयासमा किनिएको आफ्नै कम्युनिटी सेन्टर भवनमा सम्पन्न भएको  थियो।

 

सम्बन्धित समाचार