लघु चलचित्र ‘सामान’को बिशेष प्रदर्शनी

June 18, 2017

काठमाडाैं । रंग सारथीद्वारा प्रस्तुत नाट्यकर्मी बिजय बिष्फोटको निर्देशनमा तयार भएको लघु चलचित्र “सामान” को  बिशेष प्रदर्शन काठमान्डूस्थित नाचघरमा सम्पन्न भएको छ । पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्ट ,सर्वनाम थेयटरका अध्यक्ष अशेष मल्ललगायतको उपस्थितिमा प्रदर्शन गरिएको चलचित्र सामानको सबैले खुलेरै तारिफ गरे ।

खाडी लगायतका मुलुकहरुबाट प्राय हरेक दिन नेपाल ल्याइने कफिनहरु र बिदेशी भुमिदेखी नेपाल ल्याउने सम्मको कानुनि ,प्रसासकिय प्रक्रिया विश्व मानव अधिकारको प्रचलित अभि सन्धि भित्र आजको मिति सम्म संयुक्त राष्ट्र संघबाट समेत सम्बोधन हुन नसक्नु र यस तर्फ नेपाल लगायतका अन्य देशका सरकारहरु समेत गम्भीर हुन नसक्नु बिडम्बना नै हो विभिन्न कारणबस मृत्यु भै एक ठाउँ बाट अर्को ठाउमा कार्गोबाट पुर्याइने शब् बक्स र त्येस भित्र रहेको मृत मानव शरीरलाइ कुनै वस्तु सरह कार्गो कम्पनि .एयरलाइन्सहरुले आफ्नो ढुवानी बस्तु सूचीमा राख्ने गरेको छ ।

उल्लेखित बिषयलाई समेटेर तयार गरिएको चलचित्र सामान निर्माणको मुख्य उद्देश्य ओझेलमा रहेको बिषयलाई राष्ट्र संघ मानव अधिकार वादी संघ सस्था तथा नेपाल सरकार र अन्य देशका सरकार हरुको गम्भीर ध्यान आकर्षण गराई त्यसलाई सम्बोधन को प्रयास गर्ने र त्यस भित्र रहेका समस्या चुनौती बारे नया विश्व ब्यापी बहस शुरु गराउने हो । यो प्रयासले कुन हदसम्मको र कहिले सम्म मानविय उचित सम्बोधन पाउछ सामान टिम आशाबादी रहेको छ ।

“सामान”मा यस बी शाही , ज्योति राइ शंकर मैनाली , रोहानी लामा, दिलिप खड्का ,राज भट्टराई ,सरस्वति अधिकारी. नरेश भुर्तेल .सरिता शाह .कृष्ण शर्मा .कमल गीरी आदिको अभिनय रहेको छ । कार्यकारी निर्मातामा कुमार राज शर्मा रहेका छन् भने फिल्मको कथा/पटकथा स्वयम् निर्देशक बिजय बिष्फोट कै रहेको छ ।

सम्बन्धित समाचार