वाइडबडी प्रकरणको सक्कली प्रतिवेदन लेखा समितिको अध्यक्षले नै गायब बनायो : सांसद यादव

January 14, 2019

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सांसद एवं दुई वाईडबडी हवाइजहाज खरिद प्रकरणका छानबिन उपसमितिका सदस्य प्रदीप यादवले लेखा समितिको बैठकले निर्णय गरि तयार पारिएको सक्कली प्रतिवेदन नै अध्यक्ष भरत कुमार शाहले गायब बनाएको दाबी गरेका छन् ।

सोमबार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले समितिका सभापतिले नै मिडियाको रोहबरमा पारित गरेको प्रतिवेदनका मुख्य मुख्य अंशहरु नै परिवर्तन गरेर अख्तियारलगायत सम्बन्धित निकायमा पठाएको आरोप लगाए ।

उनले आफु उपसमितिको सदस्य भएकोमा धिक्कार लागेको उल्लेख गर्दै भने,‘अध्यक्षजीको यो कदमले आज मलाई संसदीय मर्यादा नै खत्तम भएको महशुस भएको छ । विभागीय मन्त्रीलाई नैतिक जिम्मेवारी ठहर गर्दै कानुनी कारबाहीको लागि सिफारिश गर्नेगरि लेखा समितिको पूर्ण बैठकले गरेको निर्णयको पाना नै चोरी भएको छ ।’

वाईडबडी खरिद प्रकरण नेपालको ईतिहासमै ठुलो घोटाला भएको जिकिर गर्दै भने, ‘वाइडबडी खरिद प्रकरणमा कर्मचारीमात्रै नभएर ठूला नेताको मुख्य संलग्नता रहको छ ।’ उनले थपे, ‘यो प्रकरणमा अब ठूला नेता वा मन्त्रीहरु कोहीपनि कारबाहीमा पर्दैनन् । भ्रष्टाचारीलाई कारभाई गर्ने भनेर जतिसुकै ठुला कुरा गरेपनि यो देशमा भ्रष्टाचार गर्ने ठूला माछा जालमा पर्दैनन् । बल्ल, प्रष्ट भइयो ।

ठूला माछा पर्ने महाजाल अहिलेसम्म नेपालमा बनेको छैन् । यादवले भने, ‘मलाई नै प्रतिवेदन पाउन मश्किल पर्यो । बल्ल हातमा त पर्यो सबै कारभाई गर्नु पर्ने मन्त्री, सचव कसैको पनि नाम समावेश गरिएको रहनछ । एक छिन आफै चकित भए । अब विभागीय मन्त्रीमात्रै होईन, कोही पनि ठूला नेताहरुलाई कारबाही हुँदैन् ।’

सम्बन्धित समाचार