सुरक्षित आर्थिक भविश्यका यसरी वचत गराैं, वचत शिक्षा अाजैबाट सुरू गराैं

May 18, 2017

संगिनी रानामगर

हाम्रो समाजमा आर्थिक शिक्षाको ज्यादै आवश्यकता छ । जुनसुकै व्यक्तिलाई पनि आफ्नो भविश्यको र परिवारको आर्थिक अवस्थाबारे चिन्ता हुन्छ । त्यसकै कारणले मान्छेले रातदिन दुःख गरेर आफ्नो र परिवारको भविष्य उज्वल देख्न चाहन्छ । कुनै पनि व्यक्तिले आफ्नो जीव्नमा दुःख पाएर बुढेसकालसम्म बाँच्न चाहदैनन अर्थात कुनचाहि व्यक्ति होला म वृद्ध अवस्थामा सडकमा मागेर जीवन विताउँछु भन्ने ? कुन चाहि छोराछोरीले आफ्नो बाआमा सडकमा माग्दै हिडेको देख्न चाहेला ?
कुन बाआमा होला जो आफ्नो छोराछोरीलाई स्कुल पढ्ने बेला बाटोमा माग्दै हिडेको देख्न चाहने ? तर आज हाम्रो समाजमा यस्तो भएके छ । हजारौ वयस्क बाआमा बाटोमा माग्दै हिडेका छन् । हजारौ बालबालिका बाटोमा मागेर जीवनयापन गर्नु परेको छ । यसले हजारौ मानिसको मुटु छुने पीडा बोकेर हिडेका छन् । कतिले राज्यलाई दोष दिन्छन् । कतिले सरकारलाई, पार्टीलाई, समाजलाई, बाआमालाई सबैलाई दोषी देखाएको पाइन्छ ।

समाजमा धनी र गरीबको सवाल

हुन त मान्छे पैसाले मात्र धनी हुदैन । धनी भनेको प्राकृतिक धनी, सामाजिक धनी, बौद्धिक धनी, अनुभवको धनी हुन सक्छ । यसमा मानिसको विचार र अनुभव फरकफरक हुन सक्छ । त्यसैले हाम्रो समाज केमा धनी र के कारणले गरिब भएको छ भन्नेबारे मेरो अनुभव यस्तो छ ।
वास्तवमा समाज कसरी गरिब हुन्छ ? अर्थात परिवार गरिब हुन भनेको समाज गरिब हुनु हो । समाज गरिब हुनु भनेको देश गरिब हुनु हो । वास्तवमा मान्छे गरिब हुनको विभिन्न कारणहरु छन् । जसमध्ये आर्थिक साक्षरता पनि एउटा महत्वपूर्ण पाटो हो । देशको मेरुदण्ड आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक भएकोले आर्थिक समाज, परिवार र व्यक्तिको महत्वपूर्ण खम्बा हो । परिवार र समाजको आर्थिक अवस्था बलियो हुनु भनेको देशको आर्थिक स्थिति बलियो हुनु हो ।
वास्तावमा भन्ने हो भने नेपालमा रहेका नेपालीहरुले पैसा नकमाएको होइन । देशको मुख्य आयस्रोत वैदेशिक रोजगार नै रहेको छ । तर, विदेशबाट ज्यान दिएकर, रगतपसिना बगाएर ल्याएको स्रोत कहाँ खर्च भएको छ त ? यसलाई केलाउने हो भने नेपालको महङ्गो शिक्षा, महंगो स्वास्थ्य सेवा, यातायात त्यस्तै । यति मात्र नभएर धेरै जसो मनोरञ्जन र लवाइखवाइले गरिब र धनीबीचको खाडल फराकिलो बनाएको छ । आकाश छुने महंगीले गर्दा बैदेशिक रोजगारबाट आएको पैसाले छोराछोरीको स्कुल, कलेज उनीहरुको आवश्यकतालाई परिपूर्ति गर्नका लागि जीवनभर वैदेशिक रोजगारीमा लाग्नु परेको छ । राष्ट्रले कुनै पनि आम्दानी मुल रोजगार कार्यक्रम र रोजगारको व्यवस्था नभएको कारणले हजारौं शिक्षित युवा वैदेशिक रोजगारको लागि हामफालेका छन् । यसरी विदेशमा गएर रगतपसिना बगाए । ल्याएको पैसा कहाँ खर्च भएको छ त ? वैदेशिक रोजगारबाट घरमा पठाएको पैसा सही ठाउँमा खर्च गर्ने, खर्चको व्यवस्थापन गर्ने, अनावश्यक खर्च नगरेर वचत गर्ने बानी घरपरिवारमा हुने हो भने भविष्यमा हाम्रो परिवार र समाज आर्थिक रुपले माथि उठ्न सक्दछ ।
यसको लागि आर्थिक साक्षरताको ठुलो खाँचो छ । त्यसैले प्रत्येक व्यक्ति, परिवार र समाज आर्थिक रुपले शिक्षित हुनु जरुरी छ । आर्थिक शिक्षा पैसा कमाउने मात्र होइन–कमाएको पैसालाई सही रुपले व्यवस्थापन गर्ने, कति बचाउन सक्यो त भन्ने हो, जसले गर्दा आफ्नो छोराछोरीको कलेजको खर्चको योजना र आफ्नो अवकाश जीवनका लागि आर्थिक योजना बनाउन जरुरी छ ।

व्यक्तिगत अािर्थक रणनीतिक योजना

१. रिटायरमेन्ट प्लान–रिटायर भन्नाले हाम्रो समाजमा मान्छेले काम गर्न नसक्ने अवस्था अथवा वृद्ध अवस्था अर्थात ६५ वर्षपछिको उमेरको अवस्थ भन्ने आमसोचाई रहेको पाइन्छ । मान्छेले आफ्नो बुढेसकालमा रेखदेख गर्ने भनेर छोराछोरीलाई नै रिटायरमेन्ट प्लान हो भन्ने सोचेको हुन्छ । तर, बुढेसकालमा छोराछोरीले हेर्छन्, पाल्छन् भन्नेबारे भविश्यमा कुनै ग्यारेन्टी छैन । त्यसकारणले के छ त मेरो बुढेसकालका लागि आयस्रोत ? मेरो पेन्सन छ ? मेरो वृद्ध भत्त कति छ ? मेरो रिटायर जीवनको लागि भनेर आज मैले कमाएको पैसाको वचत गरेको छु त ?
मानौं वर्तमान अवस्थामा मेरो मासिक खर्च रु २० हजार छ भने म ५० वर्ष पुगे । अबको १५ वर्षपछि म काम गर्न नसक्ने अवस्थमा पुग्छु भने म कम्तीमा पनि ९० वर्ष बाँचे भने मलाई २५ वर्षलाई खाने, बस्ने र औषधी उपचार खर्च कति चाहिन्छ त ? र, राज्यले प्रत्येक वर्ष कसरी महंगी बढाएको छ, आदिवारे सोचेर आजै आफ्नो रिटायरमेन्ट प्लान बनाउन जरुरी छ । मानौं मेरो मासि आम्दानी रु २५ हजार छ भने मैले मेरो रिटायरमेन्ट २५ वर्षको लागि सात करोड ५० लाख कम्तीमा पनि चाहिन्छ । यसमा महंगीको हिसाब गरिएको छैन ।
विश्वमा सबैभन्दा ठुलो चुनौती पनि रिटायरमेन्ट नै हो । समयमा आफ्नो रिटायरमेन्ट प्लान नबनाउने अथवा छोराछोरीको भरोसा पर्ने, जे होला परेपछि टर्ला भन्ने सोचाइले गर्दा धेरैजसो वृद्ध अवथामा सडकमा पुग्छन् । समयमा रिटायरमेन्टका लागि कुनै पनि आयश्रोत छैन भने आजैदेखि नै रिटायरमेन्टको लागि दैनिक वचत गर्नेन बानी बसाल्नु जरुरी छ ।
२.सबैभन्दा पहिले आफैलाई तिर्नु–हामी सबैलाई पैसा तिर्छौ । तर आफैलाई तिर्न विर्सन्छौ । हामी उमेर छाँदा र पैसा कमाउन सक्दासम्म सबैलाई पैसा तिर्छौ । छोराछोरी, दाजुभाई, दिदीबहिनी, आफन्छ, खाना, घरभाडा, कपडा सबै किसिमको साहुलाई तिर्न पैसा पुग्छ । तर, आफुलाई पुग्दैन ।
त्यसमा पनि हाम्रो आवश्यकता खर्चभन्दा बढी फजुल खर्च बढिरहेको हुन्छ । जाँडरक्सी, चुरोट, पार्टी, नयाँ कपडा, प्रत्येक हप्ता कहिले छोराको जन्मदिन पार्टी, कहिले छोरीको, नाचगान, साथीभाइसँग रमाईलोमा पन िहाम्रो खर्च बढेको छ । यी खर्चहरुमा तिनूभन्दा अगाडि आफैलाई तिर्ने बानी बसाल्नु अति जरुरी छ । हामी आमाबुवाले पनि बच्च्हरुलाई खर्च गर्नमात्र सिकाएका हुदैनौ । सेभिङ ह्याबिट भन्दा पनि स्पेन्डिङ ह्याबिट भएकाले हामी भविश्यमा पनि गरिब हुन्छौं ।
त्यसैले फजुल खर्चलाई कम गरौं । दैनिक आफैले आफैलाई तिर्ने बानी अर्थात दैनिक वचन गर्ने बानीमात्र बसाल्यौ भने पनि हाम्रो जीवनमा ठुलो परिवर्तन हुन्छ । जस्तै दैनिक कमााई रु एकहजार छ भने दिनको कमाईको आफ्नो रिटायरमेन्टको लागि दैनिक रु २० पहिले नै छुटाउने हो भने मासिक रु ६ सय हुन्छ । वर्षको रु ७ हजार २ सय हुन्छ । ३० वर्षसम्म वचत गर्दा २ लाख १६ हजार हुन्छ । अब दिनमा रु २० वचत गर्ने बानी गर्दा रु ६ सयलाई ८ प्रतिशत ब्याज पाउने ठाउँमा ३० वर्ष राख्दा ८ लाख ९४ हजार २१४ जम्मा हुन्छ ।

बच्चाको स्कुल÷कलेज शिक्षा खर्चको योजना

जसरी हामी आफ्नो रितायमेन्टको लागि योजना बनाउँछौ, त्यसरी नै बच्चाको स्कुल र कलेजको शिक्षा खर्चको योजना बनाउन जरुरी छ । आज बाआमको छोराछोरीका लागि कलेज शिक्षाको खर्चको योजना नभएको कारणले अथवा बच्चाको कलेजमा खर्च कति लाग्छ त ? भन्नेबारे बच्चा जन्मेपछि सबै बाबुआमाले योजना बनाउनुपर्छ । सबै बाआमाले बच्चा पाएपछि आफ्नो छोराछोरी राम्रो कलेज गएर राम्रो पढोस, डाक्टर बनोस, ठुलो मान्छे बनोस र आफुलाई बुढेसकालमा स्याहार–सुसार गरोस भन्ने सपना बोकेको हुन्छ ।
कुनै पनि बाआमाले मेरो छोराछोरीले दुःख पाउलान, नपढेर सडकमा मागेर हिड्लान भनेर सोचेको हुदैन । तर, अजा हजारौ बालबालिका सडकमा छन् । आज सडकमा नगए पनि भविश्यमा कति जानेवाला छन् । कतिपय बाआमालाई बच्चाको शिक्षाबारे र उनीहरको भविश्यमा कति खर्च हुन्छ भन्नेबारे राम्रोसँग योजना नगरेको कारणले गर्दा बच्चा राम्रो भएर पढ्न खोजे पनि पैसाको कारणले पढ्न पाउदैन् । बाआमाले कलेज शिषाको लागि पैसा तिर्न नकस्ने कारणले कति शिक्षित युवाहरु आज विदेशिन बाध्य छन् । बीचमा स्कुलकलेज छोड्नु परेको छ । त्यसैले हरेक बाआमाले बच्चा जन्मने वित्तिकै कलेज र स्कुलको खर्चको लागि पैसा वचत गर्नुपर्छ । जस्तै मेरो छोराछोरी एक वर्ष भएछ भने अबको पाँच वर्षपछि स्कुल जाँदा कति खर्च लाग्छ अर्थात १८ वर्षपछि मेरो छोराछोरी कलेज जाँदा कति खर्च लाग्छ ? जस्तै सरकारी स्कुल खर्च कक्षा १ देखि १२ सम्म मासिक रु २ हजार भएमा वर्षको २४ हजार र १० वर्षको २ लाख ४० हजार लाग्छ । त्यससैगरी कलेज खर्च महिनाको १० हजार भएमा वर्षको एक लाख २० हजार र ४ वर्षमा ४ लाख ८० हजार खर्च हुन्छ । नीजि कलेजमा कम्तीमा पनि २० लाख खर्च हुन्छ । तर, खोइ त बाआमाले त्यसका लागि वचत गर्ने बानी बसालेको ?
त्यसकारणले हामी अब हाम्रो परिवार, समाज, छिमेकी, साथीभाई संघसंस्था सकभर सबैले आर्थिक साक्षरता गर्दा सबैभन्दा पहिले महत्वपूर्ण कुरा वचत गर्ने बानी बसाल्नु पर्छ । आर्थिक साक्षरता भनेको कमाएको पैसालाई आवश्यक ठाउँमा मात्र खर्च गर्ने व्यवस्थापन गर्ने हो भने हरेक व्यक्तिमा १० लाख, १२ लाख वचत हुन्छ भने त्यसलाई सही ठाउँमा लगानी गर्न सकिन्छ ।
हुन त नेपालमा सहकारी, फाइनान्सजस्ता वित्तिय संस्थाहरु र विभिन्न संघसंस्थाले यसबारेमा जनचेतना जगाएको पाइन्छ । वचत र ऋणको लागि व्यवस्था गरेको पााइन्छ । तर अजा सबै परिवार, समुदाय, ससंघसंस्थाले अनिवार्य रुपमा दैनिक, मासिक वचत गर्ने हो भने व्यक्ति धनी बन्छ, समाज धनी बन्छ र राष्ट्र नै धनी बन्छ ।

समय

भनिन्छ समय नै पैसा हो । जीवनको हरेक महत्वपूर्ण कुराहरुको निर्णय समयमा गर्नाले जीवनलाई साार्थक र सफलतामा पु¥याउछ । त्यस्तै गरेर आर्थिक जीवनमा पनि समयमा नै आफुल कमाएको पैसा वचत ग¥यौ भने अर्थात उमेर छदै वचत गर्ने बानी बसाल्यौ भने यसले समयमा आर्थिक सुरक्षा अर्थात आर्थि रुपले आफ्नो खुट्टामा आफै उभिन सक्षम बनाउँछ । प्रायजसो युवाले वचतको कुरा गर्दा उमेर छदैछ, पछि गरौला भन्ने गरेको पाइन्छ । धेरै जसोले पछि, भोलि वचत गर्दा हुन्छ भन्ने सोचाई राखेका हुन्छन् । जसले भोलि भन्ने शब्दले हामी आफैलाई पछि पार्दछ । त्यसकारण भनिन्छ एचयअचबकतष्लबतष्यल ष्क तजभ भलझथ या कबखष्लन।
यसरी हामीले भविष्यको लागि बलियो आर्थिक घर बनाउनु भनेको भविश्यमा आर्थिक रुपमा सुरक्षित हुनु हो । आज हामीले हाम्रो छोराछोरी, छिमेक, समाजको खर्च गर्ने बानीलाई वचत गर्ने वबानीमा बदल्न सक्यौ भने मलाई सय प्रतिशत विश्वास छ कि भोलिको दिनमा हाम्रो सन्तान करोडौं सम्पत्तिको मालिक बन्न सक्दछ । जस्तै अमेरिकाको वरेन वफेट पनि सात आठ कक्षादेखि नै वचत र लगानीमा रुचि राख्थे र त्यस विषयमा पढ्ने गर्दथे ।
यसका लागि प्रत्येक परिवा, समाज, राष्ट्र र देशको नीतिनियम बनाउने व्यक्ति, राजनीतिक व्यक्तिलाई आर्थिक शिक्षाको आवश्यकता देखिन्छ । अमेरिकाजस्तो देशमा यौन शिक्षालाई कलेजमा महत्व दिइन्छ । तर, आर्थिक ज्ञान जस्तो दैनिक जीवन अर्थसँग गाँसिएको हुन्छ । यसको महत्व कम अर्थात आर्थिक योजनाको ज्ञान कम भएको कारणले अन्तमा ऋणमा डुब्ने र होमलेस हुने गरेको पाइन्छ । त्यसकारण आर्थिक शैक्षिक ज्ञान ज्यादै महत्वपूर्ण छ ।

सम्बन्धित समाचार