धावक तथा आरोही पण्डितलाई अन्तिम विदाई

July 26, 2017

अल्ट्रा धावक तथा हिमाल आरोही स्व. सञ्जय पण्डितको पार्थिव शरीरमा मंगलबार राष्ट्रिय झण्डा ओडाइ श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रोशन सापकोटा, रासस

काठमाडौं । अमेरिकाको डेनाली हिमाल आरोहण क्रमममा मृत्यु भएका आरोही तथा अल्ट्रा धावक सन्जय पण्डितको पार्थिव शरिरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाई अन्तिम सम्मान तथा विदाई गरेको छ । मुलुकको खेल तथा पर्वतारोहण क्षेत्रमा लागेर योगदान पु¥याउन सफल स्व पण्डितको सव अन्तिम सम्मानका लागी त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा राखिएको थियो । २९ वर्षीय आरोही पण्डितको गत असार २ गते अमेरिकाको डेनाली हिमाल आरोहणमा जादा हाइअल्टिच्युडको कारण मृत्यु भएको थियो । करिब एक महिनापछि उनको शव गए राति काठमाडौ ल्याइएको थियो ।

प्रतिभाशाली व्यक्तित्व पण्डितको निधनले राष्ट्रलाई क्षति पुगेको बताउदै उनी प्रति प्रधानमन्त्रि देउवाले श्रद्धाञ्जली व्यक्त गरेका थिए । उक्त अवसरमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेताहरु डा रामशरण महत तथा नेकपा(माओवादी केन्द्र)का वर्षमान पुनले पण्डितलाई श्रद्धाञ्जलि दिएका थिए । उनीहरुसंगै श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेताहरु, शुभेच्छुकहरु, आरोहीहरु, खेलाडीहरु र अन्य क्ष्ँेत्रमा संलग्न व्यक्तिहरु त्रिपुरेश्वर पुगेका थिए ।

विसं २०६५ सालदेखिन साहसिक यात्रामा लागेका स्व पण्डितले प्युठानको स्वर्गद्वारीबाट काठमाडौको दूरी ४७ घण्टा २० मिनेटमा पार गर्नुको साथै नेपाल–चीन सिमाना तातोपानी खासादेखि काठमाडौ तथा गोरखादेखि काठमाडौँसम्मको लामो यात्राको दौैड पूरा गरेका थिए । त्यस्तै दुई हजार ४ सय किमी लामो म्याराथन दौडमा भाग लिएका थिए । धावक हुदै पर्वतारोहणमा लागेका उनले दुई पटक सगरमाथाको सफल आरोहणसंगै विश्वका सातै महादेशमा रहेको अग्लो हिमाल आरोहण पुरा गर्ने अभियान क्रममा डेनालीमा मृत्यु भएको हो ।

सम्बन्धित समाचार