भरतपुरमा पुनः मतदान गर्ने निर्णय रोक्न सर्वोच्चको अादेश

June 5, 2017

काठमाडाैं । सर्वोच्च अदालतले भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन अायोगको निर्णय ६ दिनसम्म रोक्न अन्तरिम अादेश जारी गरेको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल एजलासले दुबै पक्षकालाइ जेठ २८ गते अन्तरिम छलफलका लागि बोलाएका छन् । ६ दिनभित्र बोलाइ अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने भनेको छ । उक्त समयभर निर्वाचन अायोगले केही निर्णय गर्न पाउने छैन ।

वडा नम्बर १९ मा ९० मतपत्र च्यातिएपछि उत्पन्न विवाद साम्य गर्न निर्वाचन अायोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो । यता एमालेले भने मतगणना जारी हुनुपर्ने भन्दै अदालतमा रिट दायर गरेको थियो ।

सम्बन्धित समाचार