सत्यमोहन जोशीलाई ललितपुर महानगरको गाडी र मोबाइल उपहार [फोटोफिचर]

April 2, 2018

शुभप्रभात राई/ललितपुर

शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुर महानगरपालिकाले गाडी र इन्टरनेटसुविधासहितको मोबाइल उपहार प्रदान गरेको छ। सोमबार ललितपुरको पाटनढोकास्थित ढोकैमा क्याफेमा महानगरका मेयर चिरीबाबु महर्जनले जोशीलाई उपहार प्रदान गरेका हुन् ।

संस्कृतिविद् जोशीलाई चालक र एकजना गार्डसहित एरोरक नामको बा ४ च ५२१२ नंबरको गाडी ललितपुर महानगरपालिकाले प्रदान गरेको हो। जोशीलाई चालक र एकजना गार्डसहित गाडी प्रदान गरेको हो । साथमा सामसोङ ग्यालेग्सी सेभेन फोन पनि प्रदान गरिएको हो र गाडीमा लाग्ने सम्पूर्ण खर्चसमेत नगरपालिकाले नै व्यहोर्ने जानकारी गराए ।

आफूले सोच्दै नसोचेको उपहार पाएको कारण अत्यन्तै कृतज्ञता ज्ञापन गर्दै बुढेसकाल मा बाच्नलाई थप इनर्जी बढेजस्तो अनुभुति भएको जोशोले बताए ।

उपहार ग्रहणपछि उनले भने, ‘ललितपुर महानगरले मलाई जीवनमा नै बिर्सनै नसक्ने गुणहरु लगाएको छ । ललितपुरमा पर्यटकिय श्रोतहरु भन्ने पुस्तक प्रकाशन गर्न पनि अत्यान्तै सहयोग गरेको छ ।’

नेपालको ईतिहासमै आदरणीय व्याक्ति वाङ्मय शताब्दी संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान स्वरुप उपहार प्रदान गर्न पाउँदा पुरै नगरनै  खुसी भएको मेयर महर्जनले बताए ।

२०७६ बैसाख ३० मा सयौँ बर्ष प्रवेश गर्ने तयारीमा रहेका जोशीको ललितपुर महानगरपालिकाले सयौँ जन्म जयन्ती धुमधामले मनाउने र जोशीको घरमा वाईफाई व्यावस्था गरिदिने महर्जनले वचन दिए ।

 

सम्बन्धित समाचार