भतिजलाई हटाएर आफ्नै छोरालाई युवराजाधिराज घोषणा गरे साउदी राजाले

June 21, 2017

रियाद । साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजाधिराज घोषणा गरेका छन् ।
यसअघि उनले भतिज मोहमद बिन नायफलाई युवराजाधिराज नियुक्त गरेकाे बिबिसीले जनाएको छ । राजा सालमनले उहाँलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिनलाई युवराजाधिराज बनाएको बताइएको छ ।
साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृतगर्दै दिएको समाचारमा सो विषय उल्लेख गरिएको छ ।

युवराजाधिराजका साथै उनलाई साउदी अरेबियाको रक्षामन्त्रीमा पनि नियुक्त गरिएको सो सूचनामा जनाइएको छ । -बिबिसी

सम्बन्धित समाचार