Everest Times

हिसिलाले मागिन माफी, भनिन्-अर्धचेतमा भनेछु

काठमाडाैं ।  नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले प्रहरी गिरफ्तारीको क्रममा ‘ यो देशको खारेज गर’ भन्दै नारा लगाएको भन्दै व्यापक आलोचना भएपछि माफी मागेकी छन् ।

सोमबार नयाँ शक्ति नेपालको केन्द्रीय कार्यलय बबरमहलमा पत्रकार सम्मेलन गर्दै उनले मातृभुमिको अपमान गर्ने आफ्नो कुनै मनसाय नभएको र प्रहरी धरपकडको क्रममा अवेश र अर्धचेत अवस्थामा नारा लगाउँदा भुल हुन पुगेको बताइन ।

पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, त्यसैक्रममा स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छ भन्न खोज्दा बेहोसीपूर्वक अन्यथा हुन भन्न पुगेछु ।’

आन्दोलनको आवेग र अक्रोशमा आफु अर्धचेत भएको बताउँदै उनले भनिन्, साथीहरुले रोकेपछि मात्र म होसमा आएँ र आफ्नो गल्ती महसुस गरेँ ।’

यो परिस्थिति जन्य घटना भएको भन्दै उनले भनिन्, ‘बेहोसीमा आफ्नो देशविरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए, यसप्रति म अत्यन्त दुःखी छु । म अन्तरहृदयदेखि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग क्षमायाचना गर्दछु ।’

साथै आगामी दिनमा आफ्नो अभिव्यक्तिमा पूर्ण समेत रहने समेत यमिले बताइन ।

प्रतिकृया दिनुहोस्