चार नेपाली विद्यार्थीलाई एनआरएनए अमेरिकाको छात्रवृति

August 4, 2019

न्युयोर्क । गैरआवासीय नेपाली संघ अमेरिका(एनआरएनए, अमेरिका)ले २०१९ को युथ लिडरसिप स्कलरसिप विजेता घोषणा गरेको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै चार जना विजेता विद्यार्थीको नाम सार्वजनिक गरेको हो ।

विज्ञप्तिका अनुसार ४ विजेतामा दक्षिणी क्षेत्रबाट अमित त्रिपाठी (युनिभर्सिटी अफ साउदर्न मिसिसिपी), उत्तर–पूर्वबाट अस्का शेर्पा (हन्टर कलेज, न्युयोर्क), पश्चिमी क्षेत्रबाट किरण पाण्डे (आइडाहो स्टेट युनिभर्सिटी) र मध्य–पश्चिमबाट रिशिका जोशी (लोयोला युनिभर्सिटी, सिकागो) छन्।

यी चार विजेतालाई उनीहरूको शैक्षिक स्तर, नेतृत्त्व क्षमता, निबन्ध–लेखन आदिबाट गरिएको उल्लेख छ।

अमित जुनियर कन्स्ट्रक्सन इन्जिनियरिङ टेक्नोलोजी र अर्थशास्त्रका विद्यार्थी हुन् । यता अस्का शेर्पा सिनियर नर्सिङ विषय लिएर अध्ययनरत छिन् । किरण इलेक्ट्रिक इन्जिनियरका विद्यार्थी हुन् भने रिशिका बायोलोजी र न्युरो साइन्सका विद्यार्थी हुन् ।

सम्बन्धित समाचार