दोस्रो चरणमा पनि एमालेकै अग्रता, कांग्रेस माअोवादी पछ्याउदै

July 3, 2017

काठमाडाैं । स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचनको मतगणना तीनै प्रदेशमा जारी रहेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३४ जिल्लामा रहेका ३३४ तहमा बुधबार मतदान सम्पन्न भएको थियो । १५ हजार ३८ जनप्रतिनिधिका भएको निर्वाचनको मत परिणाम अाउने क्रम पनि जारी रहेको छ ।

अहिलेसम्म प्राप्त मतपरिणामअनुसार एमाले अग्रस्थानमा रहेको छ । २३७ तहको मतपरिणाम अइसक्दा एमालेले १०३ तहमा प्रमुख जितेको छ भने कांग्रेसले ९४ र माअोवादीले ३२ स्थानीय तहमा जित हासिल गरेको छ ।

संघीय समाजवादीले २ स्थान, लोकतान्त्रिक फोरमले ४ र राप्रपाले २ स्थानीय तहमा जित हात पारेको छ ।

सम्बन्धित समाचार