१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कहाँ को जिते ? विवरणसहित


५ श्रावण २०७४, बिहिबार  

0
Shares

एभरेस्ट टाइम्स/काठमाडौं

दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ ।

मतपरिणाम अनुसार नेकपा(एमाले) १५१, नेपाली कांग्रेस १२२, नेकपा (माओवादी केन्द्र) ३८, संघीय समाजवादी फोरम नेपाल आठ, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार र राष्ट्रिय जनमोर्चाका दुई उम्मेदवार प्रमुख÷अध्यक्षमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा स्वतन्त्र तीन उम्मेदवार पनि प्रमुख÷अध्यक्षमा विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख÷अध्यक्षमा एमालेले ४५.२ प्रतिशत, काँग्रेसले ३६.५ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १७५, काँग्रेस १०४, माओवादी केन्द्र ३८, समाजवादी फोरम सात, लोकतान्त्रिक फोरम छ तथा जनमोर्चा र राप्रपाका दुई दुई उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

दोस्रो चरणका ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन भएको छ । सो निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।
पहिलो चरणअन्तर्गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा चितवनरको भरतपुरबाहेक ३, ४ र ६ गरी तीन प्रदेशका ३४ जिल्लामा रहेका २,८२ स्थानीय तहमा निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ । यसमध्ये एमाले १२५ स्थानमा, कांग्रेस १०४ र माओवादी ४६ स्थानमा प्रमुखमा विजयी भएका थिए ।
पहिलो चरणको निर्वाचनमा ६,६४२ मतदान केन्द्रमा भएको निर्वाचनबाट कुल दुई हजार ५९८ वडामा पाँचजनाका दरले १३ हजार ५५६ प्रतिनिधि निर्वा्चित भएका छन् । निर्वाचनमा कुल ४९ हजार ३३७ उम्मेदवार चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रेका थिए । निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वािचत भएका थिए ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कसले कहाँ जिते विवरणसहित 

प्रकाशित मिति : ५ श्रावण २०७४, बिहिबार  ४ : ५६ बजे