काठमाडौंका दुई स्थानमा बम बिस्फोट, ३ जनाको मृत्यु, सुरक्षा व्यवस्था कडा

May 26, 2019

काठमाडौँ । आइतबार काठमाडौंको सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ । सुकेधारा विस्फोटमा दुई जना र घट्टेकुलो विस्फोटमा परी एक जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

मृतकको सनाखत हुन सकेको छैन ।

दुबै स्थानमा ग्यास सिलिन्ड बम पड्किएको प्रहरीको दाबी छ । घटनामा परी ६ जना घाइते भएका छन् । विस्फोटबारे प्रहरीले अनुसन्धान थालेको छ भने राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित समाचार