एसइइको नतिजा सार्वजनिक

June 16, 2017

काठमाडाैं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।  गत चैत पहिलो साता लिएको  १० कक्षाको अन्तिम परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ ।

नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसइइ परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने, त्यसैगरी एसएमएस र परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार