आयो एसईईको नतिजा, यसपटक ४,६३,६८९ सामेल

June 23, 2018

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईकाे नतिजा सार्वजनिक गरेको छ । यस वर्ष नियमित तथा एक्जाम्टेट समूहको साधारणतर्फ (संस्कृतसहित) ४७६८५२ जना र प्राविधिकतर्फबाट ८७३४ गरी जम्मा ४८५५६८ जना परीक्षार्थीहरूले परीक्षा फारम भरेकाे परीक्षा बोर्डले जनाएकाे छ । जसमध्ये २१८९७ जना अनुपस्थित रहेकाले परीक्षामा ४६३६८९ जना सामेल भएका थिए ।

सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएका छन् ।

त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४६ हजार १ सय ३० विद्यार्थी सफल भएका छन् ।

त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ४९ हजार ३७ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ७० हजार ५ सय १२ जना सफल भएका छन् ।

परीक्षाको नतिजा परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np, नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ। यस्तै १६०० सय डायल गरेर सुन्न सकिनेछ।

सम्बन्धित समाचार