वरिष्ठ बाल साहित्य सर्जक शान्तदास ८४ वर्षमा : चार किताब विमोचित

May 20, 2018

काठमाडौं । वरिष्ठ बालसाहित्य सर्जक शान्तदास मानन्धरको जन्मदिनको अवसरमा चारवटा कृति सार्वजनिक भएको छ । शनिबार भृकुटीमण्डपस्थित काठमाडौं पुस्तकालयमा मानन्धरलाई सम्मानसमेत गरिएको थियो ।

शान्तदासको जन्म १९९१ जेठको शुक्ल दशमीमा काठमाडौंको वसन्तपुरमा भएको थियो । बालबालिकाका लागि प्रकाशित भएका २०० बढी किताब सम्पादन गरेका मानन्धरले थुप्रै कृति पनि लेखेका छन् । बालबालिकाका लागि साहित्यलाई कसरी प्रस्तुत गर्ने भन्ने गाइडका रुपमा शान्तदासलाई मानिन्छ ।

कार्यक्रममा शान्तदासबारे अर्का वरिष्ठ बाल साहित्य सर्जक विनय कसजुको किताब शान्तदास भन्नुहुन्छ विमोचन गरिएको थियो ।

त्यसैगरी शान्तदासले नै लेखेको मनाङ यात्रा , बालबालिकाले लेखेका बालकथा जुम्लाका कथा र दोलखा कथा पनि विमोचन भयो । बालबाङमय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको कार्यक्रममा बालसाहित्य समाजका निर्बाचित कार्यसमितिलाइ स्वागत गरिएको थियो ।

सम्बन्धित समाचार