पाँच शिक्षाविद्लाई शारदाको सम्मान

September 9, 2019

भक्तपुर । शारदा उच्च मा. वि.-२०३७ समूह, भक्तपुरका विद्यार्थीहरुको समूहको तेस्रो वार्षिकोत्सव कार्यक्रममा शारदा उच्च मा. वि. का पूर्व वरिष्ठ शिक्षकहरु केशवभक्त भजु, विष्णुप्रसाद लुईटेल, कोकिला श्रेष्ठ, सहना श्रेष्ठ, हरिहर पोखरेललाई प्रमुख अतिथि शारदा उच्च माविका प्रधानाध्यापक रोशन तुईतुईले सम्मान गरे ।

सम्मानित शिक्षक र शिक्षिकाहरुले चार दशक अघि पढाएको विद्यार्थीहरुले गरेको सम्मानले हर्षित भएको र विद्यालयमा विताएको अतितका संस्मरण  सुनाए । प्रमुख अतिथी रोशन तुईतुईले २०७२ सालको भूकम्पपश्चात स्कूल व्यवस्थापन गर्न  कठिन भएको विद्यालय विकासको लागि सबै क्षेत्रबाट सहयोग आवश्यक पर्ने भएको हुँदा विद्यार्थी समूहबाट सहयोगको अपेक्षा रहेको बताए ।

समूहका वरिष्ठ सदस्य बालचन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक रमेश साख:, सदस्यहरु कृष्णभक्त लवजु, प्रदिप शाक्य, प्रद्युम्न जोशी, कुमार लघुले मन्तव्य राखेका थिए । कार्यक्रमको वन्द सत्रमा रमेश साखःको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

सम्बन्धित समाचार