शत्रु गतेमा प्रियंकाको इन्स्पेक्टर अवतार: प्रेस शोको पोज यस्तो

March 23, 2018

शुभप्रभात राई/काठमाडौं‍

काठमाडौं । चर्चित हास्यजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘महजोडी’ को फिल्म ‘शत्रु गते’ देशभर प्रदर्शन सुरु भएको छ ।

यही अवसरमा शुक्रबार राजधानीको पुतलीसडकस्थित कुमारी हलमा शत्रुगतेको टिमले फिल्मको प्रेस शो आयोजना गर्यो । शोमा हरिवंश आचार्य एकैछिन देखिए भने मदनकृष्ण भने देखिएनन् ।

शत्रुगतेका कलाकार दिपकराज गिरी, प्रियंका कार्की, दीपा श्री निरौलालगायतको उपस्थितिमा प्रेस शो सम्पन्न भयो ।

शत्रु गते पारिवारिक कथामा आधारित हाँसो र रोदनको  प्याकेज भएको कलाकार दिपकराज गिरीले बताए।

दिपाश्रीले अहिलेसम्मकै मेहेनत गरी बनेको फिल्म भएको बताइन् । इन्स्पेक्टरको भूमिकामा रहेकी प्रियंका कार्कीले आफ्नो पहिलो एक्सन फिल्म भएको बताउँदै फिल्म हेरेर प्रतिक्रिया दिन अनुरोध गरिन् ।

 

 

 

सम्बन्धित समाचार