राजपा, एमाले, माअोवादी पनि कांग्रेसमा प्रवेशपछि जित सुनिश्चित बनाउँदै शेखर कोइराला

December 3, 2017

विराटनगर । नगरक्षेत्रमा राम्रो प्रभाव र पकड राख्दै आएका मधेशी दलका केही नेता÷ कार्यकर्ताहरुको कांग्रेस प्रवेशपछि मोरङ क्षेत्रन ६ का उम्मेदवार डा शेखर कोइरालाको जित पक्का पक्की जस्तै भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) का मोरङ जिल्लाका बरिष्ठ उपाध्यक्ष अव्दल मजिद मियाँ आइतवार कांग्रेसमा प्रवेश गरे । उनको प्रवेशले डा कोइरालाको विजयलाई सुनिश्चित गरेको छ । कोइराला निवासमै गएर राजपाका बरिष्ठ उपाध्यक्ष मियाँ कांग्रेसमा प्रवेश गरेका हुन । ७ सय भन्दा बढी आफ्ना समर्थक रहेको र समर्थकहरुको मत डा कोइरालाको पक्षमा जाने उनले बताए ।

बुढीगंगा गाउपालिकाको मिलन चौकमा आइतवार आयोजित चुनावी सभामा संघीय समाजवादी फोरम , एमाले , माओवादी केन्द्र र नयाँ शक्ती पार्टीका २ सय ५० भन्दा बढी नेता कार्यकर्ता काग्रेसमा प्रवेश गरेका छन । यस चुनावी सभामा संघीय समाजवादी फोरमका वुढीगंगा—१ क वडा संयोजक मुल्ला मियाँको नेतृत्वमा ३१ जना र अनिल सरदारको नेतृत्वमा ३० जनाले कांग्रेस प्रवेश गरेका हुन । एमालेका पूर्व जिल्ला सदस्य अव्दुल मजिद , यादवप्रसाद नेपाल , हरिवहादुर वाग्ले कांग्रेसमा प्रवेश गरे । एमाले पूर्व जिल्ला सदस्य मजिद तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको स्वकीय सचिव भएर काम गरेका थिए । त्यस्तै माओवादी केन्द्रका दुर्गादेवी मेहत्ताको नेतृत्वमा २५ जनाले कांग्रेस प्रवेश गरे ।

यस्तै नयाँ शक्ती पार्टी वुढीगंगा गाउपालिकाका संयोजक मातृका पौडेल र रेखा ऋषिदेव डिपुटोलबाट ८० जना कांग्रेसमा प्रवेश गरेका छन । यस्तै विराटनगर —५ को दहावन्दी चौकमा माओवादी केन्द्रका कमाण्डर मनोज रायको नेतृत्वमा २१ जना कांग्रेसमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले स्वागत गरे । डा कोइरालाको समर्थन गर्दै पार्टी प्रवेश गर्नेहरुको लहरै चलेको छ । दुइ दिनमा मोरङ ६ बाट ५ सय भन्दा बढी कार्यकर्ता काग्रेसमा प्रवेश गरेका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकोे समेत समर्थन रहेकोले डा शेखर स्पर्धी उम्मेदवार भन्दा भारी मतले विजयी हुने पक्का पक्की जस्तै छ । मोरङ क्षेत्र न ६ का क्षेत्रीय सभापति निरञ्जन रिजालले डा कोइरालालाई अव कसैले हराउन नसक्ने दावी गरे । चुनाव अवद्यीभर २ हजार बढी कार्यकर्ता कांग्रेस प्रवेश गरिसकेकोले डा कोइराला भारी मतले विजय गर्ने क्षेत्रीय सभापति रिजालले बताए । कांग्रेसका यूवा नेता रमेशजंग रायमाझीले डा शेखरको लोकप्रियता बढदै जानु र उनले जनतामाझ राखेको विकासको प्रतिवद्धताले मतदातालाई लोभ्याएको प्रतिक्रिया दिए । स्थानीय चुनावमा राप्रपाले मोरङ ६ बाट २ हजार ८ सय मत प्राप्त गरेको थियो । मोरङ ६ मा काग्रेस बामगठबन्धन भन्दा १ हजार ७ सय मत अन्तरको अग्रतामा छ ।

राप्रपाको २ हजार ८ सय मत र नवप्रवेशीहरुको २ हजार काग्रेस स्पधी एमाले उम्मेदवार लालवावु पण्डित भन्दा साढे ७ हजार मतले अग्रता देखिएको छ । स्वच्छ छवी भन्दै आइएका एमाले उम्मेदवार लालवावु पण्डितले ०५१ सालमासुकुम्वासीहरुलाई वितरण गरेको नक्कली लालपूर्जा बाहिर आएपछि उनको अवस्था थप कमजोर बन्दै गएको छ । यस क्षेत्रका सवै सुकुम्वासीहरु पण्डितसँग रिसाएका छन । पण्डित त्यो वेला सुकुम्वासी आयोगको मोरङ अध्यक्ष थिए । मन्त्री परिषदमा सम्पति विवरण बुझाउदा ४८ लाख वैक व्यालेन्स देखाएको र सिन्धुपाल्चोकका तस्कर निमा फुन्जु शेर्पासँग ७५ लाख रुपैया घुस खाएको काण्ड सार्वजनिक भएपछि मतदाताले पण्डितको साथ छोडदै गएको राजनीतिक बिशलेषकहरु बताउँछन

सम्बन्धित समाचार