पूर्व कानुनमन्त्री तामाङ अब भ्रष्टाचार अन्त्यको अभियानमा : ‘कि भ्रष्टाचारी सकिन्छन्, कि म सकिन्छु’

August 6, 2018

शुभप्रभात राई/काठामाडौं

हालै मन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङले पत्रकार सम्मेलन गर्दै पदधारण गरेको मिति देखि हालसम्मको सम्पत्ति विवरण सार्वजानिक गरेका छन् ।

सोमवार राजधानीको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै तामाङले पदधारण गरेको मिति देखि हालसम्मको सम्पत्ति विवरण सार्वजानिक गरेका हुन् ।

तामाङले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रीमती तथा प्रदेश सभाका सांसद उषाकला राईको समेत सम्पति विवरण सार्वजानिक गरे ।

तामाङले पद धारण गर्ने वित्तिकै र पद छाडेको १५ दिन भित्रमा सम्पत्ति विवरण सार्वजानिक गर्नुपर्ने बताउँदै कानुनी प्रावधान अनुसार नै आफुले सम्पति विवरण सार्वजानिक गरेको प्रष्ट पारे ।

समृद्ध नेपाल निर्माणको लागि भ्रष्टाचारको अन्त्य हुन जरुरी रहेको बताउदै उनले भने आफु छोटो समय पदमा रहँदा नै भ्रष्टाचार अन्त्यको लागि कानुनी प्रकियाका नियमहरु प्राय सबै तयार गरिसकको बताए ।

तामाङले आफू पदबाट बाहिर रहेर पनि भ्रष्ट्रचार विरुद्धनै नियम कानुनको खबरदारी गरिरहने बताउदै अबको समृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए । भने, ‘यो मेरो मात्र कुरा होइन । भ्रष्टाचार देश विकासको बाधक हो । कि भ्रष्टाचारी सकिन्छन् । कि म सकिन्छु । म यो लडाईबाट पछि हट्दिन ।’

पूर्व कानुनमन्त्री तामाङले एक सभामा डाक्टरी पढ्न बिदेश जाने महिलाहरुले प्रमाणपत्र पाउनको लागि उनिहरुले आफ्नो अस्मिता सुम्पनु पर्ने बाध्यताबारे बोलेपछि विवादमा तानिएका थिए ।

चौतर्फीबाट आलोचनापछि उनले राजीनामा गरेका थिए ।

सम्बन्धित समाचार