सकसमा शेरधन: मुख्यमन्त्रीमा आचार्य र घिमिरेको पनि दाबी

February 6, 2018

विराटनगर: प्रदेश १ मा मुख्यमन्त्री दाबी गर्दै आएका एमाले भोजपुरका प्रदेशसभा सदस्य शेरधन राईलाई अप्ठेरोमा परेका छन्। मुख्यमन्त्रीमा सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेसँगै उनी अप्ठेरोमा परेका हुन्।

संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले नेकपा (एमाले)को प्रदेश नं १को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ ।

प्रदेश नं १मा ९३ सांसदमध्ये ५१ जना एमालेबाट निर्वाचित भएका छन् । यस प्रदेशमा वाम गठबन्धनबीच एमालेले मुख्यमन्त्री र सभामुख पाउने सहमति भइसकेको छ।

संसदीय दलको नेता चयनका लागि एमाले इटहरीस्थित प्रदेश समिति सचिवालयले तीन सदस्यीय समिति गठन गरेको छ । सो समितिमा चूडामणि आचार्य, टीकाराम पुरी र प्रेम पोखरेल रहेका छन्।

सम्बन्धित समाचार