शेरधन राइलाइ लक्षित गरी बम प्रहार, सुरक्षा गार्ड देवकोटा घाइते

November 14, 2017

भोजपुर । नेकपा (एमाले)का नेता ताथा वाम गठबन्धनबाट भोजपुर क्षेत्र न.२ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि लक्षित गरी अाज बिहान भोजपुरमा बम प्रहार भएको छ ।

भोजपुर सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको गुम्बामा चुनावी सभामा जादै गर्दा बिहान बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बम प्रहारपछि गोली पनि प्रहार गरिएको र गोली लगेर राईको सुरक्षा गार्डका असई डिल्ली देवकोटा घाइते भएकाे प्रहरीले जनाएको छ । देवकोटाको हातमा गोली लागेकोले उपचारका लागि जिल्ला ल्याउने तयार गरेको प्रहरीले जनायो ।

घटनास्थलतर्फ थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सम्बन्धित समाचार