शेर्पा किदुग अमेरिकाको युथ सकर लिग खेल सम्पन्न

May 18, 2017

शेर्पा किदुग अमेरिकाको आयोजनामा गत बर्षदेखि शुरु गरिएको युथ सकर लिग जुन १९ तारिख फाईनल खेल रान्डाल्स अाइस्ल्यान्ड, न्युयोर्कमा सम्पन्न भयो। नेपाल र अमेरिकाको राष्ट्रियगानबाट शुरु भै शेर्पा किदुगका अध्यक्ष दावा जाङ्बु शेर्पा र खेलकुद संयोजक रिन्जी शेर्पाले संयुक्त रुपमा फुटबल हस्तान्तरण गरी उदघाटन भएको सो खेलमा १० बर्षमुनिका ६ वटा जुनियर टिम, १०-१४ बर्षका ६ वटा सिनियर टिमले भाग लिएका थिए।

खेलाडीहरु जुनियर तथा सिनियर टिम दुई भागमा बिभाजन गरिएको थियो। जुनियरतर्फ लुम्बिनी टिम पहिलो र स्वयम्बु टिम दोश्रो भएका थिए त्यसै गरी सिनियरतर्फ अन्नपूर्ण टिम पहिलो तथा धौलागिरी टिम दोश्रो भएका थिए। शेर्पा किदुग कार्य समिति र संरक्षक समिति बीच भएको मनोरन्जनात्मक खेलमा शेर्पा किदुग कार्य समिति टिमले संरक्षक समिति टिमलाई ५-३ ले पराजित गरेका थिए।

सोही दिन साँझ खेल समापन समारोहको आयोजना गरी बिजय टिम तथा खेलाडीहरुलाई कार्यक्रमको प्रमुख अतिथि शेर्पा किदुगका अध्यक्ष दावा जाङ्बु शेर्पाले पदक तथा कप प्रदान गर्नु भएको थियो। शेर्पा किदुग खेलकुद उप-समितिका संयोजक रिन्जी शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रम शेर्पा किदुग अमेरिकाको महासचिब आङ जाङ्बु शेर्पाले संचालन गरेका थिए।

सो खेलकुद कार्यक्रममा शेर्पा किदुग खेलकुद उप-समितिले प्रशिक्षण दिएका नेपाली समुदायको पर्शिक्षार्थी खेलाडीहरुको सहभागिता रहेको थियो। नेपाली समुदायको खेलकुद क्षेत्रको स्तर उन्नतिको लागि यो खेलको आयोजना गरिएको हो।

सम्बन्धित समाचार