शेर्पा विद्यार्थीहरु माझ एक दिने सहजीकण कार्यक्रम सम्पन्न

July 5, 2017

काठमण्डौँ, यस ई ई दिएर बसेका शेर्पा बिद्यार्थीहरुलाई उच्चा शिक्षा अध्ययन गर्न सहज होस् भन्ने उदेश्यका साथ शेर्पा युवा परिषद, काठमाडौँले सहजीकण कार्यक्रम शेर्पा संचार समुह नेपालको हल बौद्ध टुसालमा सम्पन्न गरेको छ । शेर्पा सञ्चार समुह नेपालको कार्यलयमा आयोजित सो कार्यक्रममा शेर्पा समुदायका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

बिद्यार्थी आफु कुन विषय अध्ययन गर्ने भन्ने अन्योल हुने भएकाले त्यसलाई न्युनिकरण गराउन कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक डोमा शेर्पाले जानकारी दिएको छ । अन्तरक्रिया कार्यक्रममा सिए विषयका दक्ष रिन्जीन शेर्पा, समाजशास्त्रबाट फूर्वा शेर्पा र पत्रकारिता बिषयबाट पत्रकार डोमा शेपाले सहजीकरण गर्नु भएको थियो । शेर्पा समुदायका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्नका लाग विषय छनोटमा आउने समस्यालाई समाधान गर्न कार्यक्रम आयोजना गरेको थियो ।

आफ्नो उद्देश्य अनुरुपको विषय छनोट गर्नु पर्ने सुझाव दिदै आ आफ्नो विषयको महत्वको बारेमा सहजीकरण गरएका थिए । कर्यक्रममा सहभागीहरुले यस कार्यक्रमले उच्च शिक्षामा विषय छनोट गर्न सहज भएको प्रतिक्रिया दिदै आयोजकलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा शेर्पा समुदायका २५ जना विद्यार्थीहरु सहभागी रहेको थियो ।

सम्बन्धित समाचार