१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शिरफुलको शीर्षगीत सार्वजनिक


११ मंसिर २०७४, सोमबार  

0
Shares

काठमाडाै‌ । निर्माणको सम्पुर्ण काम सकेर प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफुलको शीर्षगीत शिरैमाथि शिरफुल बोलको गीत आज सार्वजनिक गरिएको छ । शिरफुलको यस गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ भने शब्द राजु थापा संगीत देवराज आलेमगर  र एरेन्ज रिकेश गुरुङले गरेका छन् ।
मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको शिरफुलको निर्माता आर्शिवाद पुन मगर रहेका छन् भने चलचित्रलाई निर्देशन कमल ऐक्चै मगरले गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार  ४ : ४३ बजे