१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सेलो गाएरै पार्वतीलाई पट्याए गायक शिवमले [भिडियो]


२६ भाद्र २०७५, मंगलबार  

0
Shares

गायक शिवम लामाको नयाँ तामाङ सेलो ‘जिन्दगीमा…’ बोलको गीत सार्वजनिक भएको छ ।

शिवमकै शब्द र संगीत रहेको गीतको भिडियोमा अभिनयमा पनि आफै उत्रिएका छन् । उनलाई पार्वती राईले साथ दिएकी छिन् । भिडियोमा सागर लोप्चनको कोरियोग्राफी रहेको छ । पासाङ योन्जन लामाले निर्देशन गरेको भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन् ।

गायक लामाको यसअघि जीवन साथी, हेरन तिमी, मायाको कुरा, तिमी अघि अघि लगायत बोलका गीतहरु सार्वजनिक भईसकेका छन् । भरतपुर महानगरपालिका–१० निवासी गायक लामाले नयाँ सार्वजनिक तामाङ सेलो गीत सबैले मन पराउनेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार  ८ : ४३ बजे