महान्यायाधिवक्ता श्रेष्ठले दिए राजीनामा

August 13, 2017

काठमाडौं । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले महान्यायाधिवक्ताको पदबाट आज राजीनामा दिएका छन् । महान्यायाधिवक्ता श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनी सल्लाहकारका रुपमा नियुक्त गरेका थिए ।  प्रधानमन्त्रीबाट दाहालले राजीनामा दिएपछि वर्तमान प्रधानमन्त्री देउवाकै सल्लाहमा आफूले काम गरेको श्रेष्ठले बताए ।

सम्बन्धित समाचार