सीमा अतिक्रमणबिरुद्ध प्रर्दशनीसँगै राष्ट्रसंघका महासचिवलाई ज्ञापन

January 14, 2020

न्युयोर्क– भारतले नेपालको भू–भाग अतिक्रमण गरेको विरोधमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि अमेरिकाबासी नेपालीले विरोध प्रदर्शन गरेका छन‍् ।

भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपाली भूभागहरु हडपेको विरोधमा विरोधमा गरिएको प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यहरुबाट विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थियो। विरोध प्रर्दशनमा सहाभागीहरुले हातमा भारत विरोधी प्लेकार्ड देखाउँदै नारा जुलुस गरेका थिए ।

राष्ट्रसंघको सामुन्ने रहेको राल्फ पार्कमा आयोजित विरोध कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालकातर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभाग समेटेको नक्सा तुरुन्त सार्वजनिक गर्नुपर्ने बताएका थिए । सीमाविद् श्रेष्ठले नेपाल र भारत वीचको सुगौलि सन्धीपछि पछिल्लो समय भारत सरकारले नेपाली भूमि मिच्ने गलत कार्य गरेकेा बताए ।

‘भारतले आफनो नक्सामा नेपाली भुमि लिपुलेक र लिम्पियाधुरा मिच्ने लज्जास्पद कार्य गरेको छ,’ उनले भने-‘ भारतले नेपाली भुमि मिचेको प्रष्ट प्रमाण भएकोले सरकारले यसबारेमा बोल्न सक्नु पर्छ ।’ कार्यक्रमको संयोजन प्रेम बाँनिया र अनिल अधिकारीले गरेका थिए ।

कार्यक्रममा गायिका सपना श्रीले गीत गाएकी थिइन् भने सकुन ज्ञवालीले कविता वाचन गरेका थिए । सहभागीहरुले भारतीय पक्षबाट आफ्नो नक्सामा समेटेको लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नक्सासहितको टिसर्ट लगाएका थिए । विरोध प्रदर्शनपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजलाई प्रवक्तामार्फत ज्ञापनपत्र बुझाइएको थियो ।

भारतीय पक्षले सार्वजनिक गरेको नक्सामा नेपालको भूभाग समेटेकोमा त्यसलाई सच्याउने दिशामा सकारात्मक भूमिका खेल्न राष्ट्रसंघलाई आब्हानसहित ज्ञापनपत्र बुझाइएको हो । भारतले सार्वजनिक गरेको नक्शामा नेपाली भूभाग समेटेको सन्दर्भमा बुद्धिनारायण श्रेष्ठले महत्वपूर्ण जानकारी दिएका थिए ।

सम्बन्धित समाचार