सिन्धुमा तामाङको अध्यक्षतमा वीपी अध्ययन प्रतिष्ठान गठन

August 4, 2018

चौतारा । सिन्धुपाल्चोकमा वीपी अध्ययन प्रतिष्ठानको जिल्ला शाखा गठन भएको छ ।

प्रतिष्ठानले तीर्थ तामाङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरी साउन १५ गते जिल्लाको सदरमुकाम चौतारामा शाखा गठन गरेको हो ।

समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा ज्ञानु तिमील्सिना,सचिवमा नारायणप्रसाद नेपाल, सहसचिवमा अर्जुन बानियाँ, कोषाध्यक्षमा निमा ह्योल्मो, सदस्यहरुमा दिनेश थापामगर, फुर्वा साङ्गो लामा, दावा लामा, कैलाश थापा, सन्दीप सुनदास, रोजन श्रेष्ठ र चिनलाल तामाङ रहेका छन् ।

प्रतिष्ठानले केन्द्रसँग समन्वयगरी प्रशिक्षण चलाउने देखि जिल्लाको सदरमुकाम चौतारामा कार्यालय स्थापना गर्ने अध्यक्ष लामाले बताए ।

सम्बन्धित समाचार