बाह्रविसे नगर प्रमुखमा एमाले विजयी

May 18, 2017

चौताराः सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको प्रमुखमा नेकपा एमालेका निमफुन्जो शर्मा चार हजार ९२९ मत प्राप्त गरी विजयी भएका छन् ।
उपप्रमुखमा एमालेकै सुशीला पाख्रिन पाँच हजार १५ मत प्राप्त गरी विजयी भएकी छन् ।

नगरपालिकाको वडा नं १, २, ३, ४ र ९ मा नेपाली कांग्रेस तथा वडा नं– ५, ६, ७ र ८ मा नेकपा एमाले विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा कामी शेर्पा (कांग्रेस), २ मा बमबहादुर तामाङ (कांग्रेस), ३ मा एकबहादुर भण्डारी (कांग्रेस), ४ मा ज्ञानेन्द्र श्रेष्ठ (कांग्रेस), ५ मा बेलबहादुर रोक्का (एमाले), ६ मा मोहनलाल श्रेष्ठ (एमाले), ७ मा मिनबहादुर श्रेष्ठ (एमाले), ८ मा सुरज लामा (एमाले) र वडा नं ९ को वडाध्यक्षमा सानु लामा (कांग्रेस) विजयी भएका छन्।

सम्बन्धित समाचार