रुकुमको सिस्ने गाउँपालिकामा काँग्रेस एमाले तालमेल

June 18, 2017

रुकुम । दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि ५ नं प्रदेशमा पर्ने सिस्ने गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)बीच चुनावी तालमेल भएको छ ।

गाउँपालिकाका अध्यक्षमा एमालेका नन्दलाल शर्मा र उपाध्यक्षमा नेपाली काँग्रेसका लक्षिराम घर्ती चुनाव लड्ने गरी सहमति भएको बताइएको छ ।

आठ वटा वडा रहेको गाउँपालिकाका १, ३ र ५ नं वडामा एमालेले काँग्रेसका उम्मेदवारलाई र बाँकी २, ४, ६, ७ र ८ नं वडामा काँग्रेसले एमालेका उम्मेदवारलाई सहयोग गर्ने गरी सहमति भएको साबिक रुकुमकोट गाविसका काँग्रेस सभापति सरिता बिसीले जानकारी दिइन् ।

सम्बन्धित समाचार