काठमाडौंमा २५ तल्ले सिसाको ‘स्काई वाक टावर’ बनाउने वन्डर्स नेपालको घोषणा

August 24, 2018

काठामाडौं। वन्डर्स नेपाल’ नामाक संस्थाले राजधानीको कमलादीमा २५ तल्ले सिसाको ‘स्काईवाक टावर’ निर्माण गर्ने भएको छ । वन्डर्स नेपालले कमलादीको १३.२ रोपनी क्षेत्रफलमा सिसाको टावरको निर्माण गर्न लागेको हो ।

शुक्रवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लवमा ‘पत्रकार सम्मेलन गरी नेपाली युवाहरुले आफ्नै देशमा केही नयाँ, केही फरक टावर बनाउने तयारी गरिएको संस्थाका अध्यक्ष आकर्षण पोखरेलले बताए ।

सिसाको टावर बनाउन कम्पनीले सरकारसंग २३ वर्षका लागि जग्गा भाडामा लिइसकेको पोखरेलले जानकारी दिए । टावर दक्षिण एशियामै पहिलो पटक निर्माण हुने आयोजकको दाबी रहेको छ ।

वन्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेल पत्रकार सम्मेलनमा

विभिन्न देशमा रहेका नेपालीहरुको लगानीमा बन्ने सिसाको टावर ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सिसाको टावर सञ्चालनमा आएको ५ वर्षमा कर्जा भुत्तानी सक्ने छ । त्यसपछि लगानीकर्तालाई न्युनतम ३० देखि ७० प्रतिशत लाभांश दिने जानकारी दिएको छ ।

कम्पनीले टावर निर्माणका लागि ३ वर्ष अघिदेखि विभिन्न १० स्थानमा अध्ययन गर्दै आएको थियो । राष्ट्रकै गौरवशाली योजनामध्येको एक योजनामा सम्पूर्ण विकासप्रेमी नेपालीहरुलाई यो योजनाना निर्माण पश्चात सगरमाथा अनि बुद्धको स्काईवाल्क टावरले पनि नेपालको परिचय थप फराकिलो बनाउने कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए ।

पोखरेलका अनुसार आयोजनाको वातावरण प्रभाव मूल्याङ्कन छिट्टै शुरु हुनेछ । टावर निर्माणमा स्ट्रगेस क्यानाडा, इभर प्रोस्पर चीन र समर ग्रुप नेपाल परामर्श साझेदार रहेका छन् । सिसाको टावरमा पार्किङ, हेल्थ क्लव, रेष्टुरेण्ट, स्विमिङ पुल, एयर रेष्टुरेन्ट, पसल र एयर क्वल सञ्चालन हुने उनले जानकारी दिए ।

 

सम्बन्धित समाचार