Everest Times

खेलाडीको सस्थाको नेतृत्वमा वाइवा

एभरेष्टटाइम्स
न्युयोर्क । अमेरिकाबासी नेपाली खेलाडीहरुको सस्था युएस नेपाल स्पोर्टस एण्ड डेभलमेन्ट इन्कमा पूर्व तेक्वान्दो खेलाडी मोहन वाइवा तामाङको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । न्युयोर्कको ज्याक्सनहाइटसमा शनिवार सम्म साधारण सभाले तामाङको नेतृत्वमा १५ सदस्य कार्यसमितिको निर्विरोध चयन गरेको हो । सस्थाको तेस्रो अध्यक्षको रुपमा निर्वाचित तामाङ गैर आवासीय नेपाली संघ अमेरिकाका खेलकुद संयोजक पनि हुन् । सस्थामा यस अघि नरबहादुर दाहाल अध्यक्ष थियो भने त्यस अघि बरिष्ठ कराते खेलाडी थानेश्वर राईले सस्थाको नेतृत्व गरेका थिए । ५० जना सदस्यहरुको उपस्थिती रहेको जनाइएको तेस्रो साधरण सभाले पूर्व एथलेटिक्स खेलाडी खुर्सेद अहमद खान, राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सुनिल तुलाधर र उसुका छेमाङ्ग लामालाई उपाध्यक्षमा चयन गरेको छ ।
महासचिवको जिम्मेवारी जुडोका पूर्व खेलाडी संजिव श्रेष्ठले पाएका छन । यस्तै सचिवमा फुटबल खेलाडी तुला सिंह, कोषाध्यक्षमा सुटिङकी निलम खड्का र सह कोषाध्यक्षमा तेक्वान्दोका पुष्प थापा मगर चयन भएका छन । त्यस्तै सदस्यहरुमा फुटबल खेलाडीहरु पर्वत पाण्डे, रमेश कटुवाल,सुरज गुरुङ, प्रलय राजभण्डारी, कराते प्रशिक्षक पर्खी राई, जुडो प्रशिक्षक राजेश कर्माचार्य र करातेका भीम खत्री पनि सदस्य चयन भएका छन् । दुइ बर्षे कार्यकालका लागि निर्वाचित अध्यक्ष तामाङले न्युयोर्कमा रहेका नेपालीमुलका बालबालिकाहरुलाई लक्षित गर्दै फुटबल क्याम्प संचालन गरिने घोषणा गरे । क्याम्पमा सुनिल तुलाधर, पर्वत पाण्डे र तुलसा सिंहले प्रशिक्षण दिने छन् ।

प्रतिकृया दिनुहोस्