Everest Times

epaper-8-7

खेलाडीलाइ भव्य स्वागत

nepali-football-team
बंगबन्धु गोल्डकपको उपाधि कब्जा जमाउन सफल नेपाली राष्ट्रिय फुटबल टोली शनिबार स्वदेश फर्किएको छ । टोलीलाइ स्वागत गर्न विमानस्थालमा सयाैंका संख्यामा फुटबल प्रेमी जम्मा भएका थिए ।
विमानस्थलमा उपस्थित राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, एन्फा पदाधिकारी, पूर्व खेलाडी, खेलाडीका परिवार र सयौं समर्थकले खेलाडीहरुलाई स्वागत गरे।
शुक्रबार बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपमा नेपालले बहराईनलाई ३-० ले हराएको थियो । विमानस्थलबाट खेलाडीहरुलाई सहर परिक्रममा गराउँदै रंगशाला ल्याइएको थियो। यो नेपाली फुटबल इतिहासमा २३ वर्षपछिको अन्तराष्ट्रिय च्याम्पियन पदक हो ।

प्रतिकृया दिनुहोस्