मालिका केशरीको दोस्रो उपन्यास ‘सुवर्णलता’ विमोचित

January 22, 2018

काठमाडौं । लेखक मालिका केशरीको दोस्रो उपन्यास ‘सुवर्णलता’ विमोचन भएको छ । सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा एक समारोहबीच उक्त पुस्तक विमोचन गरिएको हो ।

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको किताब नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवं साहित्यकार सरुभक्त, गीता केशरीले विमोचन गरेका थिए ।


साहित्यकार सरुभक्तले पुस्तकबारे चर्चा नगरेपनि मालिका केशरी कुशल लेखक भएको भन्दै प्रशंसा गरेका थिए ।

साहित्यकार गीता केशरीले उपन्यास कथ्य प्रस्तुतिको शैली अत्यन्तै रोचक रहेको बताइन् । उनले भनिन्, ‘पाठकलाई प्रश्नवाचक स्थितिमा राखी सत्यको खोजिमा दौडाई रहन्छ । यस्तो शैलीलै गर्दा २ सय ७१ पेजको उपन्यास सरर बगेको छ । यो उपन्यासमा बुद्धको अर्तिहरु मज्जाले नाटकीय रुपमा प्रस्तुत गरिएको छ ।’


कार्यक्रममा लेखक केशरीले पुस्तक पढेर हौसला प्रदान गर्न अनुरोध गरेका थिए ।

 

सम्बन्धित समाचार